Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts
सन्धिखर्कमा केही दिन देखि हराएका व्यक्ति झुन्डिएको अवस्थामा फेला
Posted date:
Saturday, August 15, 2015
On 7:20 PM
अर्घाखाँची,
साउन ३०- अर्घाखाँची जिल्लाको सन्धिखर्कमा केही दिन देखि हराएका एक
व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला छन् । मृत्यु हुनेमा सन्धिखर्क
बैंकरोड मार्गमा किराना पसल गर्दै आएका ५८ वर्षिय पदम रिजाल रहेको जनाएको छ
।
अर्घाखाँचीको ठाडामा जीप दुर्घटनामा १ जनाको मृत्यु
Posted date:
Tuesday, August 4, 2015
On 5:59 PM
अर्घाखाँचीको कोप्चेबासमा जीप दुर्घट्नामा हुदा एक जनाको घट्ना स्थलमै ज्यान गएको छ । जिल्लाको प्रसिद्ध मन्दिर सुपादेउरालीको दर्शन गरी मुर्गीया फर्कीदै गर्दा ठाडाको कोप्चेबासमा जीप दुर्घट्ना भएको हो । ज्यान जानेमा सवारी चालक रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
लु १ ज २५६३ नम्बरको जीप दुर्घट्ना भएको मुर्गीया जादै गर्दा दुर्घट्ना भएको हो । दुर्घट्नामा ९ जना घाईते भएका छन । घाईते मध्ये एक जनालाई वुटवल रिफर गरिएको छ । अन्य आठ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको इलाका प्रहरी कार्यलय ठाडाले जनाएको छ ।
Comment
गुल्मीमा अजिंङ्गर भेटियो..
Posted date:
Tuesday, June 30, 2015
On 5:35 PM
गुल्मी असार १५: गुल्मीको हस्तिचौर गाविसमा अजिंङ्गर फेला परेको छ । हस्तिचौर गाविस ८ स्थीत पालुखामा फेला परेको सो अजिंङ्गरलाई जिल्ला बन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ ।
सोमबार साँझ स्थानीयले बिरालो खाँदै गरेको अवस्थामा अजिंङ्गर फेला पारेपछि वन कार्यालयमा खबर गरेका थिए । तराई क्षेत्रमा फेला पर्ने अजिंगर गुल्मीमा देखा परेपछि हेर्न आउने मानिसको भीड लागेको थियो ।
बन कार्यालयले उक्त अजिंङ्गगर मंगलबार बिहान रेसुङ्गा स्थित जंगलमा छाड्न लैजाँदै गर्दा स्थानीयहरुले थाहा पाएपछि उक्त जंगलमा छाड्नका लागि रोक लगाएका छन् ।
स्थानीयहरुको अवरोधपछि जंगलमा छाड्न लैजाँदै गरेको अजिंङ्गरलाई वन कार्यालयले विचवाटोवाटै फर्काउन वाध्य बनेको थियो । उक्त अजिंङ्गरलाई अहिले जिल्ला प्रहरी कार्यालय परिशरमा पानी राख्ने ड्रम भित्र राखिएको छ ।
अजिंङ्गरलाई उपयुक्त वासस्थानको खोजी गरेर मात्र छाडिदिने जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताए । करिब २० केजी तौल रहेको सो अजिंङ्गरको लम्वाई चार मिटर भन्दा बढी रहेको बताईएको छ ।
Comment
सुटकेसमा प्याक गरेर फालिएको शवको अझै पहिचान हुन सकेन
Posted date:
Monday, June 8, 2015
On 3:39 PM
काठमाडौं, जेठ २५ – काठमाडौंको हमुन्तेखोला र मनोहराखोलाको दोभानमा गत जेठ १८ गते फेला परेको लासको अझै पहिचान हुन सकेको छैन ।
गत जेठ १८ र १९ गते काठमाडौंको नरेफाँट हनुमन्तेखोला र मनोहराखोलाको दोभानमा रहेको फुटवल मैदान नजिकै पुर्व दक्षिण कुनामा रहेको ढलको मंगालमा नाम थर नखुलेको अन्दाजी ३० र ३५ वर्षको पुरुषको शव फेला परेको थियो ।
ती व्यक्तिको शव टाउको, हात र खुट्टाहरु छुट्याई प्लाष्टिकमा पोको पारी बाहिरबाट बोरामा हाली कलेजी रंगको सुटकेशमा प्याक गरेको र शरिरको भाग अर्को सुटकेशमा प्याक गरी फालेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले दिएको विवरणका अनुसार फेला परेको शवको अनुहार गोलो, सेतो छाला,दाह्री जुँगा भएको शरिरको अन्य भाग हात र खुट्टामा समेत रौं बाक्लै रहेको ,दाहिने गालामा र बायाँ कानमुनी गर्धन तिरको भागमा कालो तिल कोठी भएको,कानको लोती अर्ध जोडिएको,नाक मध्यम,आँखी भौं ९कालो० रौं मिलाएको जस्तो बाक्लो रहेको छ ।
शवको साथमा साथमा कोठारी कम्पनीको घ्यु कलरको स्यान्डो आधा (च्यातिएको अवस्थामा) संगै जकि स्पोर्ट कटन लेखिएको पुरा बाउला भएको कफी कलरको पातलो टिसर्ट, दाहिने हातको नाडीमा पुजामा बाध्ने जस्तो धागोको डोरी बाँधिएको छ ।
पहिचान गर्ने व्यक्तिले महानगरीय अपराध महाशाखा,टेकु र महानगरीय प्रहरी वृत्त,वानेश्वरसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
Comment
मलेसियामा गयो शक्तिशाली भूकम्प
Posted date:
Friday, June 5, 2015
On 12:19 PM
२०७२ जेष्ठ २२
जेठ २२- लाखौं नेपालीले रोजगारी गरिरहेको मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाब्लुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।
भूकम्पपछि माउन्ट किनाब्लु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।
अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाब्लुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।
सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री मसिदी मनजुनले ४ हजार ९५ मिटर अग्लो कोटाकिनाब्लु पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको बताएका छन् । भूकम्पपछि कोटा किनाब्लु पहाडमा उद्धार जारी रहेको जनाउँदै त्यहाँकै आकर्षण केन्द्र ‘गधाको कान’ आकारको चट्टानलाई भूकम्पले क्षति पुगेको बताइएको छ । भूकम्पले कोटा किनाब्लु चढ्न गएका आरोहीहरु घाइते भएपछि उद्धार थालिएको छ ।
नेपाली श्रमिकहरु सुरक्षित
यो राज्यमा नेपाली श्रमिकहरु थोरैमात्र कार्यरत छन् । मलेसियास्थित अन्नपूर्णकर्मी अर्जुन काफ्लेका अनुसार भूकम्पमा नेपाली नागरिक परेको समाचार अहिलेसम्म प्राप्त भएको छैन ।
यो राज्यको जंगलक्षेत्रमा करिब २ सयजना नेपाली कार्यरत रहेको बताइएको छ । उनीहरु जंगलक्षेत्रमा मजदुरी र सुरक्षागार्डका रुपमा कार्यरत रहेका छन् ।
Comment
भूकम्पको कारण अर्घाखाँचीका एक सय सात घरपरिबार बिस्थापित
Posted date:
Wednesday, May 13, 2015
On 7:34 PM
महेश भुसाल अर्घाखाँची, ३० बैसाख ।
बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा एक सय ८९ घर पुर्ण रुपमा भत्किए पछि एक सय सात घर परिबार अरुको घरमा हाश्रय लिएर बसिरहेका छन । उनीहरु घरबाट पुर्ण रुपमा बिस्थापीत भएका छन । जिल्लाका बिभिन्न गाविसमा तीन सय ५२ घर आंसिक रुपमा भत्किएका छन ।
आज बसेको जिल्ला दैबीक प्रकोप उद्धार समितिले घर भत्किएका घर
परिबारलाई गाविस सचिब र नगरपालीकाका वार्ड सचिबहरु मार्फत भुकम्पले क्षती
भएका घरपरिबारलाई गाँउमै गएर राहात रकम बितरण गर्ने निर्णय गरेको छ ।
पुर्ण
रुपमा क्षती भएका घरपरिबारलाई तत्कालका लागि ५ हजार र आंसिक क्षती भएकालाइ
तत्कालकालागि तीन हजार रुपैया बितरण गर्ने पनर्णय गरेको छ । प्रहरीको
मुचुल्काको आधारमा गाविसको सर्बदलीय संयन्त्रको उपस्थितिमा एक हप्ता
भित्रमा सचिबहरु मर्फत जिल्लाका सबै स्थानमा राहात बितरण गर्ने निर्णय
भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भयो ।
साथै
बैठकले भुकम्पले क्षती भएका सरकारी तथा गैरसरकारी कार्यलयका भबन र
ब्यत्तिका घरहरुमा बस्न मिल्ने नमिल्ने निरिक्षण गर्नकालागि जिल्ला
प्राबीधिक कार्यलयका प्रमुख शिबमान श्रेष्ठको संयोजक्तवमा एक समिति गठन
गरेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले बताउनु भयो ।
घर
भत्किएका र घरमा बस्नै नसक्ने गरि क्षती भएका घर परिबारलाइ जिल्ला दैबीक
प्रकोप उद्धार समिति तथा रेडक्रस सोसाइटीले रहातका सामाग्री बितरण गरिरहेको
छ । मानबीय क्षतीबाट जिल्ला बचेको छ । डरले मानिसहरु घर छाडेर
खुल्ला स्थानमा बसिरहेका छन
Comment
मंगलबारको शक्तिशाली भूकम्पपछिको काठमाडौं हेर्नुहोस (फोटो फिचर)
Posted date:
On 11:33 AM
२०७२ बैशाख ३० बुधवार
काठमाडौं:बिनाशकारी भूकम्पको अठारौं दिनपछि आएको अर्को शक्तिशाली भूकम्पले काठमाडौंलाई नराम्रोसँग आतंकित बनाएको छ । यसअघि चर्किएका घरहरु खण्डहरमा परिणत भएका छन्।
लगभग शान्त भइसकेको काठमाडौंलाई भूकम्पको भूतले तर्साएको छ। मंगलबार मध्यान्हको भूकम्पले काठमाडौंमा पुर्याएको क्षति र तनावको केही दृश्यहरु यहाँ प्रस्तुत गरिएको छ।
Comment
मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो, १९ सयभन्दा बढी घाइते
Posted date:
On 11:18 AM
हालसम्म ८ हजार १ सय ५४ ले ज्यान गुमाए
काठमाडौँ, बैशाख ३० – देशका विभिन्न भागमा बैशाख २९ गते मंगलबार १२:५२ बजे आएको बिनाशकारी भुकम्पमा परी आज विहान ०८:३० बजेसम्मको प्राप्त जानकारी अनुसार ६५ जनाको ज्यान गुमेको छ भने १९२६ जना घाइते भएका छन् ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२११, पुर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा ५७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेका छन् ।
साथै भुकम्पमा परी घाइते भएका नेपाली सेना ६, नेपाल प्रहरी ५३ र सशस्त्र प्रहरी १२ गरी जम्मा ७१ जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको छ ।
यसैगरी बैशाख १२ गते शनिवार ११:५५ बजे, देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी आज ०८:३० बजेसम्मको प्राप्त जानकारी अनुसार ८१५४ जनाको ज्यान गुमेको छ भने १७,८६४ जना घाइते भएका छन् ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०२, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५९७८, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७०, पुर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५४७, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।
साथै उक्त विनाशकारी भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २७० र विदेशी नागरिक ११२ जना बेपत्ता भएका छन् ।
यसैगरी उक्त विनाशकारी भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१६३६१ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४२ हजार ६ सय ३० जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।
साथै विनाशकारी भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षति र सोबाट उत्पन्न विभिन्न समस्याहरुको स्थलगत अवलोकन, सुरक्षा गस्ती(पट्रोलिङ), उद्धार तथा राहत कार्यमा परिचालन भएका प्रहरी कर्मचारीहरुको अनुगमन तथा समन्वय समेत गर्ने गरी दैनिक ३ सिफ्टमा केन्द्रीय कमाण्ड सेन्टरमा प्रहरी नायव महानिरीक्षक सिफ्ट कमाण्डरको रुपमा कार्यरत रहने गरी प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकका छुट्टाछुट्टै कमाण्डमा २१ टोली उपत्यकाका विभिन्न क्षेत्रमा जिम्मेवारी क्षेत्र तोकी जम्मा १ सय ५ जना प्रहरी कर्मचारीहरुलाई प्रभावकारी ढंगबाट सम्पादन गर्नेगरी परिचालित गरिएको छ ।
Comment
















