मलेसियामा गयो शक्तिशाली भूकम्प


२०७२ जेष्ठ २२

जेठ २२- लाखौं नेपालीले रोजगारी गरिरहेको मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ  ।


मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाब्लुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे अहिलेसम्म खबर प्राप्त भएको छैन ।

भूकम्पपछि माउन्ट किनाब्लु क्षेत्रमा मानिसहरु फसेको तथा घाइते भएको आशंकामा उद्धार र खोजी कार्यलाई तीब्र पारिएको छ ।


अमेरिकन भूगर्भ विभागको सर्भे अनुसार पृथ्वीको १० किलोमिटर तल गएको भूकम्पले मलेसियाको अधिकांश भाग हल्लाएको हो । भूकम्पको केन्द्रबिन्दु मलेसियन राज्य सबाहको राजधानी कोटा किनाब्लुबाट ५४ किलोमिटर पुर्वमा रहेको छ ।


सबाह राज्यका पर्यटन तथा वातावरण मन्त्री  मसिदी मनजुनले ४ हजार ९५ मिटर अग्लो कोटाकिनाब्लु पहाडमा रहेका केही पुरातात्विक महत्वका पूर्वाधारमा क्षति पुगेको बताएका छन् । भूकम्पपछि कोटा किनाब्लु पहाडमा उद्धार जारी रहेको जनाउँदै त्यहाँकै आकर्षण केन्द्र ‘गधाको कान’ आकारको चट्टानलाई भूकम्पले क्षति पुगेको बताइएको छ । भूकम्पले कोटा किनाब्लु चढ्न गएका आरोहीहरु घाइते भएपछि उद्धार थालिएको छ ।


नेपाली श्रमिकहरु सुरक्षित


यो राज्यमा नेपाली श्रमिकहरु थोरैमात्र कार्यरत छन् । मलेसियास्थित अन्नपूर्णकर्मी अर्जुन काफ्लेका अनुसार भूकम्पमा नेपाली नागरिक परेको समाचार अहिलेसम्म प्राप्त भएको छैन ।


यो राज्यको जंगलक्षेत्रमा करिब २ सयजना नेपाली कार्यरत रहेको बताइएको छ । उनीहरु जंगलक्षेत्रमा मजदुरी र सुरक्षागार्डका रुपमा कार्यरत रहेका छन् । 




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter