गुल्मीमा अजिंङ्गर भेटियो..

गुल्मी असार १५: गुल्मीको हस्तिचौर गाविसमा अजिंङ्गर फेला परेको छ । हस्तिचौर गाविस ८ स्थीत पालुखामा फेला परेको सो अजिंङ्गरलाई जिल्ला बन कार्यालयले सदरमुकाम तम्घासमा राखेको छ ।

सोमबार साँझ स्थानीयले बिरालो खाँदै गरेको अवस्थामा अजिंङ्गर फेला पारेपछि वन कार्यालयमा खबर गरेका थिए । तराई क्षेत्रमा फेला पर्ने अजिंगर गुल्मीमा देखा परेपछि हेर्न आउने मानिसको भीड लागेको थियो ।

 

बन कार्यालयले उक्त अजिंङ्गगर मंगलबार बिहान रेसुङ्गा स्थित  जंगलमा छाड्न लैजाँदै गर्दा स्थानीयहरुले थाहा पाएपछि उक्त जंगलमा छाड्नका लागि रोक लगाएका छन् ।

 

स्थानीयहरुको अवरोधपछि जंगलमा छाड्न लैजाँदै गरेको अजिंङ्गरलाई वन कार्यालयले विचवाटोवाटै फर्काउन वाध्य बनेको थियो ।  उक्त अजिंङ्गरलाई अहिले जिल्ला प्रहरी कार्यालय परिशरमा पानी राख्ने ड्रम भित्र राखिएको छ ।

 

अजिंङ्गरलाई उपयुक्त वासस्थानको खोजी गरेर मात्र छाडिदिने जिल्ला वन कार्यालयका प्रमुख विशाल घिमिरेले बताए । करिब २० केजी तौल रहेको सो अजिंङ्गरको लम्वाई चार मिटर भन्दा बढी रहेको बताईएको छ । 


Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter