मंगलबारको भूकम्पबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो, १९ सयभन्दा बढी घाइते

हालसम्म ८ हजार १ सय ५४ ले ज्यान गुमाए 

 

काठमाडौँ, बैशाख ३० – देशका विभिन्न भागमा बैशाख २९ गते मंगलबार १२:५२ बजे आएको बिनाशकारी भुकम्पमा परी आज विहान ०८:३० बजेसम्मको प्राप्त जानकारी अनुसार ६५ जनाको ज्यान गुमेको छ भने १९२६ जना घाइते भएका छन् । 

 

भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १२११, पुर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा ५७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेका छन् ।

 

साथै भुकम्पमा परी घाइते भएका नेपाली सेना ६, नेपाल प्रहरी ५३ र सशस्त्र प्रहरी १२ गरी जम्मा ७१ जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको छ ।

 

यसैगरी बैशाख १२ गते शनिवार ११:५५ बजे, देशका विभिन्न भागमा आएको बिनाशकारी भुकम्पमा परी आज ०८:३० बजेसम्मको प्राप्त जानकारी अनुसार ८१५४ जनाको ज्यान गुमेको छ भने १७,८६४ जना घाइते भएका छन् ।

 

भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०२, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५९७८, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७०, पुर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५४७, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

 

साथै उक्त विनाशकारी भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २७० र विदेशी नागरिक ११२ जना बेपत्ता भएका छन् ।

 

यसैगरी उक्त विनाशकारी भुकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१६३६१ भौतिक संरचनाहरु क्षती भएका छन् ।

 

नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य भइरहेको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४२ हजार ६ सय ३० जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।

 

साथै विनाशकारी भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षति र सोबाट उत्पन्न विभिन्न समस्याहरुको स्थलगत अवलोकन, सुरक्षा गस्ती(पट्रोलिङ), उद्धार तथा राहत कार्यमा परिचालन भएका प्रहरी कर्मचारीहरुको अनुगमन तथा समन्वय समेत गर्ने गरी दैनिक ३ सिफ्टमा केन्द्रीय कमाण्ड सेन्टरमा प्रहरी नायव महानिरीक्षक सिफ्ट कमाण्डरको रुपमा कार्यरत रहने गरी प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकका छुट्टाछुट्टै कमाण्डमा २१ टोली उपत्यकाका विभिन्न क्षेत्रमा जिम्मेवारी क्षेत्र तोकी जम्मा १ सय ५ जना प्रहरी कर्मचारीहरुलाई प्रभावकारी ढंगबाट सम्पादन गर्नेगरी परिचालित गरिएको छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter