भूकम्पको कारण अर्घाखाँचीका एक सय सात घरपरिबार बिस्थापित

महेश भुसाल अर्घाखाँची, ३० बैसाख  । 

 

बिनासकारी भुकम्पबाट अर्घाखाँचीमा एक सय ८९ घर पुर्ण रुपमा भत्किए पछि  एक सय सात घर परिबार अरुको घरमा हाश्रय लिएर बसिरहेका छन । उनीहरु घरबाट पुर्ण रुपमा बिस्थापीत भएका छन । जिल्लाका बिभिन्न गाविसमा तीन सय ५२ घर आंसिक रुपमा भत्किएका छन ।


आज बसेको जिल्ला दैबीक प्रकोप उद्धार समितिले घर भत्किएका घर परिबारलाई गाविस सचिब र नगरपालीकाका वार्ड सचिबहरु मार्फत भुकम्पले क्षती भएका घरपरिबारलाई गाँउमै गएर राहात रकम बितरण गर्ने निर्णय गरेको छ ।


पुर्ण रुपमा क्षती भएका घरपरिबारलाई तत्कालका लागि ५ हजार र आंसिक क्षती भएकालाइ तत्कालकालागि तीन हजार रुपैया बितरण गर्ने पनर्णय गरेको छ । प्रहरीको मुचुल्काको आधारमा गाविसको सर्बदलीय संयन्त्रको उपस्थितिमा एक हप्ता भित्रमा सचिबहरु मर्फत जिल्लाका सबै स्थानमा  राहात बितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनु भयो । 


साथै बैठकले भुकम्पले क्षती भएका सरकारी तथा गैरसरकारी कार्यलयका  भबन र ब्यत्तिका घरहरुमा बस्न मिल्ने नमिल्ने निरिक्षण गर्नकालागि जिल्ला प्राबीधिक कार्यलयका प्रमुख शिबमान श्रेष्ठको संयोजक्तवमा एक समिति गठन गरेको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले बताउनु भयो ।


घर भत्किएका र घरमा बस्नै नसक्ने गरि क्षती भएका घर परिबारलाइ जिल्ला दैबीक प्रकोप उद्धार समिति तथा रेडक्रस सोसाइटीले रहातका सामाग्री बितरण गरिरहेको छ । मानबीय क्षतीबाट जिल्ला बचेको छ । डरले मानिसहरु घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter