लौ पढ्नुहोस २०७२ साल मंसिर १५ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट...

जन्मेको छैठौ दिनमा, भाग्य जुराइन्छ ।
जिन्दगीमा कसैलाई, कुराउनु कुराइन्छ ।।
हेरिन्जेलको सम्झना, छुटेपछि तिसर्ना...
नयाँ गाँसिन्छ फेरी, पुरानो टुक्राइन्छ ।।

(लहनाले जुरायो कि, बाहाना ले भेटायो............स्वर – साधना सरगम)

हो हेरिन्जेलको सम्झना छुटेपछि तिसर्ना, जिन्दगानी दर्पण छायाँ । यो मंसिर महिना हो, हरेक चिजबिजको आफ्नै बिशेषता भएजस्तै, यसको पनि आफ्नै बिशेषता छ, हामीले नेपाली समाजमा आधारित भएर भन्ने हो भन्ने, यो महिनाले आफुलाई विवाहसँग जोडिएर परिभाषित गर्ने गरेको छ, सानो छदाँ बाटोमा १ रुपैया भेटाउँदा बुर्कुसी मारेर गुच्छा खेल्न दगुर्ने अधिकांश मान्छेहरु, स्कुलबाट घर फर्किदा आफ्नो साथीलाई विच बाटोमै छोडी आफू पहिलै घर पुग्दा खुसी हुने मान्छे, आज मंसिर महिनामा कसैलाई विच बाटोमै छोडेर कसैलाई अंगाल्नु पर्दा कि यती चिसो पसिरहेछ मनमा । जिन्दगीको आधार स्तम्भमा टक्क उभिएर नयाँ जिबनसाथी भेटाउँदा, उसैलाई बरमाला पहिल्याउँदा पनि किन खुसी छैन मन, सबै चिज चाँहेको कदापी पाइदैन, सोचेजस्तो कहिलै हुदैन भन्ने जान्दा जान्दा पनि, यो मन किन यती शसङ्कीत भइरहेको छ । कसैले हातमा बिहेको निम्तो थमाएर जाँदा समेत, अझै पनि उसैलाई पाउनैपर्छ भनेर किन ढिपी गरिरहेछु म । जिन्दगीको यात्रामा भेट भएका छौँ, भोली जे पनि हुन सक्छ, यदि छुट्नु परेपनि म सहर्स स्वीकार्ने छु भन्दै कसम खाँदै गरिएको प्रेम आज ठ्याक्कै त्यस्तै हुदाँ, किन तिमीलाई धोकेबाजको उपनाम दिइरहेछु म ।

खैर पानीमा भिज्नु र घरबाट पानी परेको दृश्य हेर्नुमा यही फरक रहेछ – जुन फरक साँच्चिकै प्रेम गर्नु र प्रेमकथा पढ्नुको बिचमा छ । मंसिर महिनासँगै कोही बेहुलो वा बेहुली भएर, कोही बेहुला बेहुलीको आफन्त भएर, जहाँ जो जसरी भएपनि यो महिनाको आनन्द लिइरहेका छौ हामी । आफ्नो प्रेम टुङ्गीदा आफ्नो मान्छेसँग सम्बन्ध गाँस्ने अपरिचित व्यक्तिसँग किन यति रिस उठ्छ, उसले अरु कोही नपाएर मेरै मान्छेलाई किन आफ्नो बनाएहोला भन्ने तर्क बितर्कहरु मनभरि उर्लेर आउँछन्, यस्तो सम्झीरहदाँ आफुले पनि यो कुरा झट्दै भुलिन्छ र एउटा डर लागेर आउँछ – कि भोली मैले पनि कसैको प्रेमलाई घाँटी निमोठेर कोही अर्कैको मान्छेलाई आफ्नो बनाउनु पर्ने हो कि भनेर, फेरी सम्झन्छु यदि जन्छु भनेर डराएको भए सलाईको काँटीको कुनै औचित्य हुदैनथ्यो होला, चाहे जलेर किन नहोस कामलाग्दो हुनुपर्छ ।

फागुन महिनाको Valentine day मा Love letter लेख्दै सुरु भएको सम्बन्ध मंसिर महिनामा गएर अन्त्य हुन्छ, यो ९ महिना यति छिटो बित्छ तर यो ९ महिनामा हिडिएका पाइलाका डोबहरु भने ९० बर्षसम्म पनि मेटिदैनन्, हरेक बर्षको Valentine day र मंसिर महिना पत्थरमा अक्षर खोपिएजस्तै नमेटिने गरेर खोपिएर बस्छ । गाडी पल्टिएको नजिकैबाट अवलोकन गरेको व्यक्ति गाडी चढ्न डराएजस्तै, मंसिर महिनाका बाजाका धुनहरुले सधै झस्काइरहन्छन् – देख्नेहरुलाई यहि एउटा रमिता भइदिन्छ । म मनमनै भन्छु तिनिहरुलाई ‘‘कमजोरी तिमीहरुमा पनि छ, त्यसैले अरुको कमजोरीलाई मजाक नबनाउ, भरिएर पोखिनु राम्रो हो, तर उम्लीएर पोखिनु राम्रो होइन ।’’

चोखो प्रेम गर्दा पनि, पाइला पाइलामा डराउने ।
उता कसैको बिहे हुदाँ, ढोका थुनी कराउने ।।
हो हामी सबैले, यस्तै प्रेम गर्छौँ....
गोरेटोमा भेटिएर, दोबाटोमा हराउने ।।

(भेटाउने गोरेटो, छुटाउने दोवाटो......................)

भेटिए पछि छुट्नु त अवश्य छदै छ, तर भेटलाई हामी जसरी सहर्स स्वीकार्छौ नी, त्यसरी बिदाइलाई स्वीकार्न सक्दैनौ, मान्छे जन्मिदा उत्सव मनाउने र मर्दा डाँको छोडेर चिच्चाउने संकार जस्तै न हो यो पनि । मान्छे जन्मेपछि मर्छ भन्ने थाहा नभएको सायद कुनै मानिस छैन होला यहाँ, तर पनि मान्छेले मृत्युलाई सहर्स स्वीकार्न सक्दै सक्दैन । हो यस्तै हो बिदाइ पनि – हात मिलाउदै स्वागत भएको भेट हात हल्लाउदै अन्त्य हुन्छ, र खादिन्छ स्मृतीमा एउटा अतित बनेर । जब त्यो मान्छे जान्छ, तब त्यस्तै गुण र व्यवहार भएको अर्को सारथीको खोजीमा लागि पर्छ मान्छे – आगोले पोलेको घाउ आगोले नै सेक्नुपर्छ भनेजस्तै । एकपटक प्रेमको आभाष पाएको मान्छे फेरी त्यही प्रेम बिर्सेर बाँच्नै नसक्दो रैछ, एउटा प्रेम जुनसुकै अवस्थामा पनि अपरिपक्क हुन्छ, दुबैजनाले एकअर्काको आवश्यक देखेर भोली बिहे गर्ने सपनाहरु देख्दै गाँसीएको एउटा प्रेम सम्बन्ध उनीहरुकै परिवारको लागि अमान्य भइदिन्छ, जसले जिन्दगी बिताउनु पर्ने हो, उसले सहर्स स्वीकार्दा पनि परिवारबाट त्यो मान्छे विवाहको लागि योग्य नभएको, उसको पारिवारिक स्थिती राम्रो नभएको या उसको आर्थिक स्थिती राम्रो नभएको भनेर लालछना लगाइन्छ । 

धनको महत्व कति हुन्छ भन्ने कुरा एउटा प्रेमीले त्यतीखेर बुझ्न जतिखेर धनको गरिब भएपनि मनको चाँही धनी छु भन्दै प्रेममा रहेको बला, आफ्नै मान्छेको परिवारले दुधबाट झिँगा निकालेर फुत्त मिल्काएजस्तै मिल्काएर आफ्नो प्रेमीको विवाह अर्कैसँग गरिदिन्छन् । हो यो त्यही मंसिर महिना हो, यहाँ अधिकाशंको प्रेम यस कारण टुट्छ कि – उनीहरु पैसाको धनी होइन मनको मात्रै धनी हुन्छन् । मान्छेको मन पनि साह्रै अचम्मको छ, सपना देखेर कहिलै नअघाउने एउटा छुट्टै बिशेषता बोकेर पृथ्वीमा आएको छ यो । आफ्नो मान्छे अब सदाका लागि अर्कैको बनिसक्दा पनि अझै फर्केर आउने आश पालिरहन्छ – कति बेबकुप छ यो । पटक पटक भनिरहन्छ, जहाँ लडिन्छ त्यही ठाउँमा टेकेर उठिन्छ, जिवनमा पोलेको घाउलाई सेकेर निको पार्नुपर्छ, यार हरेस नखा तेरो पनि दोसल्ला ओड्ने दिन आउनेछ ।

तँ बाँच, बाँचेजस्तो नगर्, तव मात्र तँ मरेको पनि दुनियाँलाई थाहा हुनेछ, मनले यसो भनिरहदाँ धनी र गरिबको ठूलो पर्खाल बन्छ मस्तिष्कमा । मनले फेरी सम्झाउँछ – यो संसारमा कोही त्यती धनी पनि छैन, जसले आफ्नो बितेको समय किन्न सकोस, अनी यो संसारमा कोही त्यती गरिब पनि छैन जसले आफ्नो भविश्य बदल्न सकोस । अब चाँही मन शान्त हुन्छ, मस्तिष्कले प्रश्न सोध्ने मनले उत्तर दिने कार्य चलिरहन्छ, अन्त्यमा मनले एउटा अठोट गर्छ – कालोपाटीमा जबसम्म पुरानो अक्षर मेटिदैन तबसम्म नयाँ अक्षर लेख्न सकिदैन, पुरानो बिश्बास र धारणा जबसम्म बदलिदैन, तवसम्म जिवनमा नयाँ विहानी कहिलै आउँदैन.........

जिन्दगीमा मान्छेलाई, चिनेर राख्नुपर्छ ।
बेच्नुपर्छ कसैलाई, किनेर राख्नुपर्छ ।।
आज बुझ्दैछु जिन्दगीको, यात्र भनेको यही रैछ....
कति आउँछन् उकाली ओराली, हिनेर थाक्नुपर्छ ।।

(थकाउने उकाली, बिसाउने चौतारी................)
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter