ट्रक नदीमा खस्दा चालकको ज्यान गयो

कालिकोट, वैशाख ११ – कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत कालिकोटको मान्म १ सेरिघाटमा मिनी ट्रक पल्टिँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट मुगुका लागि खाद्य तथा खुद्रा सामान बोकेर आएको ग १ क ४१५८ नम्बरको मिनी ट्रक बिहीबार राति दुर्घटना हुँदा सुर्खेत बिनपा १८ तातापानीका चालक जितेन्द्र थापाको घटनास्थलमै ज्यान गएको हो ।

सहचालक भक्त थापा घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लक्ष्मण गुरुङले बताउनुभयो । ट्रक झण्डै एकसय मिटर तल तिला नदीमा खसेको छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter