ज्यान गुमाउनेको संख्या १९ सय ३१ पुग्यो

काठमाडौं, वैशाख १३ – (अपडेट) भूकम्पका कारण ज्यान जानेको संख्या १ हजार ९ सय ३१ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मि ढकालले दिनुभएको पछिल्लो जानकारी अनुसार देशभर गरी अहिलेसम्म १ हजार ९ सय ३१ जनाको ज्यान गएको पुष्टि भएको छ । 

ज्यान गुमाउनेमा काटमाडौंमा धेरै छन् । काठमाडौंमा मात्रै ७ सय २३ जनाको ज्यान गएको प्रवक्ता ढकालले बताउनुभयो । ज्यान गुमाउनेमा भक्तपुरमा २ सय ५, ललितपुरमा १ सय २५, नुवाकोटमा १ सय ६३, काभ्रेमा ९४, सिन्धुपाल्चोकमा १ सय ५०, गोरखामा ९४ लगायत रहेको गृहका प्रवक्ता ढकालले बताउनुभएको छ ।


यस्तै देशभर अहिलेसम्म ४ हजार ५ सय ९६ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । ज्यान गुमाउनेमध्ये ३ सय ६८ जनाको सनाखत भएको र उनीहरुको शव आफन्तलाई बुझाइएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उद्दार तथा राहतको काम लगातार भैरहेको उहाँले बताउनुभयो । उद्दार र राहातको पखाईमा बसेका नागरिकले जानकारी गएर तत्कार सुरक्षाकर्मी पुग्ने गृहका प्रवक्ता ढकालले बताउनुभयो । त्यसका लागि नागरिकले ४२००२५८, ४२००२५७, ४२००२०५ तथा विपद व्यवस्थापन समितिको मोबाइल नम्बर ९८५११ ४००५ मा सम्पर्क गरेर आफ्नो क्षेत्रको अवस्था र उद्दारको आवश्यकता बारे जानकारी गराएमा उद्दार समिति तत्काल पुग्ने उहाँले बताउनुभयो । 

यसैबीच आम नागरिकले उद्दार तथा राहातको काममा सुरक्षाकर्मीलाई सहयोग गरिदिन उहाँले आग्रह  गर्नु भएको छ । यस्तै आफू वरपरको वातावरणलाई सहज बनाउका लागि हल्लाको पछि नलागेर संयमता अपनाउन पनि गृहका प्रवक्ता ढकालको आग्रह छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter