घरमा सुतिरहेका ५ जना पाहुनालाई मध्यरातमा खुकुरी प्रहार

रौतहट, वैशाख ११– चन्द्रपुर नगरपालिका–१० सन्तपुरका कृष्ण सापकोटाले नातीको ब्रतबन्धमा आएका ५ जना पाहुनालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्  । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ब्रतबन्धमा आएका ऋषि बजगाई, सागर बजगाई, सञ्जु बजगाई र पर्सा वीरगंज उपमहानगरपालिकाका अरुण पाण्डे, सुरज पाण्डेलाई सुतिरहेको बेला सापकोटाले बिहीबार मध्यरातमा खुकुरी हानेका हुन् । घाइतेमध्ये ऋषि बजगाईको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइते चार जनालाई थप उपचारको लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । पाहुनालाई खुकुरी हान्ने सापकोटा फरार छन् । उनले किन खुकुरी हाने भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter