मेरी बास्सैको सुटिङ स्पटमा रहेको धुर्मुस र सुन्तलीको घर भूकम्पले भत्कियो

भक्तपुर, वैशाख २८ – हाँस्य टेलिश्रृंखला मेरी बास्सैको सुटिङ स्पटमा रहेको धुर्मुस र सुन्तलीको घर भूकम्पले भत्किएको छ । सूर्यविनायकको सिपाडोलमा मेरी बास्सैको सुटिङका लागी उनीहरुले विवाह गरेका थिए । सोमवार सुटिङका क्रममा आफुले विवाह गरेको घरमा पुगेका धुर्मुसले भने, ‘सिपाडोलका घरहरुको अवस्था देख्दा मेरो मन रोएको छ ।’


धुर्मुस र सुन्तलीको वास्तवीक विवाह भने त्यहाँ भएको थिएन, टेलिश्रृङ्खला छायाँङ्कनका क्रममा उनीहरुले त्यहाँ आ–आफ्नो घर बनाएका थिए । मेरी बास्सै टिमले करिब पाँच साल लगातार सिपाडोलमै सुटिङ गरेको थियो । ‘आजकाल हसनटारमा सुटिङ गर्न थालेका छौं’ सुन्तलीले भनिन् ।

स्थानीय पम्फा थापाको घरलाई धुर्मुस र शुसीला थापाको घरलाई सुन्तलीले आफ्नो माइतीघरको रुपमा प्रयोग गर्ने गरेकी थिईन् । धुर्मुसले सुटिङको क्रममा प्रयोग गर्ने गरेको घरधनी पम्फाले भनिन् ‘उँहाहरु यहाँ उकाली–ओरालीदेखि घाँस–दाउरा सम्म गर्नुहुन्थ्यो ।’ यसैबीच हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीले भक्तपुरको सिपाडोल,काठमाडौंको हसनटार र मुड्खुभञ्ज्याङमा राहत वितरण गरेका छन् ।

सुटिङ स्पटका भूकम्प प्रभावित वस्तिमा चामल, दाल चना र त्रिपाल वितरण गर्दै सिताराम कट्टेल धुर्मुसले भने, ‘आफ्नै गाउँ ठाउँमा राहत वितरण गर्दा निश्पक्षता अपनाउनु पर्छ ।’ 


 

Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter