भूकम्पपछि लगातार पहिरो, गाउँ नै विस्थापित हुने खतरा

खोटाङ : भूकम्पको कारण निरन्तर आउन थालेको पहिरोले गर्दा ओखलढुंगाको प्रप्चा र हर्कपुर गाविसका दुई गाउँ विस्थापित हुने अवस्थामा पुगेका छन्। प्राप्चा गाविसको वडा नं. ८ र ९ तथा हर्कपुर– ९ का दुई गाउँ विस्थापित हुन लागेका हुन्।भुकम्पपछि निरन्तर पहिरोसँगै डरलाग्दा चट्टान खसिरहेका छन्। यो भेगमा मानिस घर छोडेर अन्यत्र जान थालेका छन्। 

‘भूकम्पले घर चर्कियो, गाउँमाथिबाटै पहिरो आउन थाल्यो कहाँ जाने ?’ हर्कपुरकी स्थानीय बासिन्दा र्निमला सुनुवारले भनिन् , ज्यान बचाउन भाग्नुपर्ने वाध्यता छ । गाउँमाथिका पहाड धस्सिएर पहिरो खसिरहेपनि कसैले चासो नदिएको उनको गुनासो छ।

 

‘सुरक्षाकर्मी आए पनि पहिरो देखाउँदा खस्छ भन्दै भाग्छन्, त्यही पहिरो मुनी हामी कसरी बस्नु ?’ सुनुवारले आक्रोश पोख्दै अन्नपूर्ण सगँ भनिन् हाम्रो उचित व्यबस्थापनको लागि सरकार लागि दिनु परो । पाल समेत नपाएका यहाँका स्थानीय स्कुल र चर्चको चिसो भूइमा दिनरात काटी रहेका छन् । पहिरोले हर्कपुरको माझखर्क गाउँ नै जोखिममा छ । स्थानीयका घर आँगनमै चट्टानहरु खसेर आएका छन् ।

 

त्यस्तै ८ र ९ वडाको गाउ“भरि नै तीन देखि चार फिट सम्म धा“जा फाटिएको छ । भूकम्पपछि निरन्तर परेको झरीले पहिरो आउन थालेपछि नभत्किएका घर समेत छोडेर छिमेकी गाउँतर्फ लागेका छन् । २ सय ५९ जनसंख्या भएको यो क्षेत्रमा रातभरि जागै बस्नुपर्ने अवस्था रहेको स्थानीय पूण्यप्रसाद पोख्रेलले बताए। उनीहरुले पुर्नवासको व्यवस्था गरिदिन माग गरेका छन् । घरबारबिहीन भएकाहरुलाई राहत वितरणमा केन्द्रित भएकाले सरकारी निकायले पहिरो पीडितलाई ध्यान दिएका छैनन्।

 

विपत् उद्दार समितिले समेत अनुगमन गरि जुनसुकै बेला पहिरो जान सक्ने भएको बताएको छ। समितिले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सुझाव समेत दिएको छ ।‘जोखिम भए सुरक्षित स्थानमा सर्न भनिएको छ, पछि पुर्नबास नै गर्नु पर्ने अवस्था छ ।’




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter