मंगलबारको भूकम्पले ३५ जनाको मृत्यु, एक हजार बढी घाइते


मंगलबार आएको शक्तिशाली भूकम्पले काठमाडौंसहित आसपासका जिल्लामा ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । १ हजार बढी घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार १ हजार १ सय १७ जना घाइते भएका छन् । सबैभन्दा ठूलो क्षति दोलखा र सिन्धुपाल्चोकमा भएको छ । 


दोलखामा १३ र सिन्धुपाल्चोकमा ९ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँच जनाको मृत्यु भएको छ । जसमा एक जनाको भूकम्पका कारण हृदयघात भएर निधन भएको हो । रामेछाप र सिन्धुलीमा २/२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सर्लाही, रौतहट, सुनसरी र गोरखामा एक एक जनाको मृत्यु भएको छ




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter