एउटा यस्तो गाउँ, जहाँ मलामी जाने मान्छे भएनन्

वैशाख १९– वैशाख ११ को विनाशकारी भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको सिन्धुपाल्चोकसँगै जोडिएको छ, नाङ्लेभारे । नाङ्लेभारेका ३९ जनाले ज्यान गुमाए । एउटै गाउँमा यति धेरै मानिसले ज्यान गुमाउँदाको अवस्था कति दर्दनाक हुँदो हो, शब्दमा व्याख्या गर्न सकिँदैन । नाङ्लेभारेका स्थानीय भन्छन्, ‘एकैपटक गाउँबाट ३९ शव उठाउँदा मलामी समेत भाग पुगेन, को कसकोमा जाने ?’


नाङ्लेभारेका १५ जना घाइते छन्, कतिको अवस्था गम्भीर छ । यहाँको आठ सय भन्दा बढी घर ध्वस्त भएका छन् । माटोले बनेका अधिकांश कच्ची घर भत्कँदा गाउँ नै खण्डहर जस्तो देखिन्छ । यत्तिका विपत परेको सात दिन बितिसक्दा पनि नाङ्लेभारेवासीले अझै राहतको महसुस गर्न पाएका छैनन् । चापाकोटका विष्णुहरि दंगाल भन्छन्, ‘राहत टाठाबाठाले मात्र पाए, हामी त खुला आकाशमै रात बिताइरहेका छौँ ।’ उनका अनुसार केही राहत पुगे पनि टाठाबाठाले लिएका छन् भने निमुखाले पाएका छैनन् । नाङ्लेभारे गत वर्ष घोषित शंकरापुर नगरपालिकामा त पर्छ तर विकट नै छ ।




















Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter