वैशाख
३ – पृथ्वीको मौसममा भएको परिवर्तनले अहिले विश्वको ध्यान खिचेको छ ।
बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि, हिमाली क्षेत्रमा पनि पानी पर्नु तथा
अत्याधिक मात्रामा हिउँ पग्लनु जस्ता समस्या अहिले हामीले भोगीरहेका छौं ।यसले गर्दा पृथ्वीको मौसममा परिवर्तन भएको
छ भने जीवनयापनमा मानिसलाई असजिलो हुँदै गएको छ । पृथ्वीको मौसममा मात्रै
परिवर्तन भएको जस्तो हामीलाई लाग्न सक्छ, तर त्यसको भने होइन । सूर्यको
मौसममा पनि अनियमितता तथा परिवर्तन भैरहेको एक नयाँ अध्ययनले देखाएको छ । सूर्यमा भएको मौसम परिवर्तनका कारण सूर्य
कहिले अत्याधिक तातो हुने तथा कहिले तुलनात्मक रुपमा कम तातो हुने गरेको छ ।
सूर्यमा ११ वर्षको मौसम चक्र हुन्छ, जुन अवधिमा सूर्य कहिलो अति सक्रिय त
कहिले कम सक्रिय रहन्छ । जब सूर्य बढी सक्रिय हुन्छ त्यसबेला
अन्तरिक्षमा कैयौं विस्फोट हुने र त्यसका कणहरु छोडिने गर्दछ । यो बेला
सूर्यबाट निस्कने प्रकाश धेरै हुन्छ । सूर्यको एक मौसमी चक्र झण्डै ३ सय ३०
दिनको अर्थात पृथ्वीको एक वर्ष जति लामो हुन्छ ।
चुम्बकीय क्षेत्रको दायरा
सूर्यको
चुम्बकीय क्षेत्र आफ्नो सक्रियताको आधारमा विभिन्न भागमा विभाजन हुन्छ ।
विशेष गरी सूर्यको उत्तरी तथा दक्षिणी गोलाद्र्धमा यस्ता विभाजित चुम्बकीय
क्षेत्र छन् । यस्ता अलग अलग चुम्बकीय क्षेत्र जब एक आपसमा ठोकिन्छन्, तब
सूर्यको मौसम परिवर्तन हुन्छ । यी चुम्बकीय क्षेत्रको गती निकै कम हुने
अर्को एक अध्ययनले देखाएको छ । कहिलेकाहीँ यी क्षेत्रहरु एक आपसमा गाभिने
पनि गर्दछन् । यस्ता चुम्बकीय क्षेत्रहरु अस्थिर रहने अमेरिकाको कोलोराडो
स्थित नेशनल सेन्टर फर एटमस्पेरिक रिसर्चका
स्कट म्याकलटोशले बताउनुभयो ।
उहाँका अनुसार यस्तो अस्थिरता महिनौंसम्म
चल्ने गर्दछन् । चुम्बकीय क्षेत्रको अस्थिरताको अध्ययनले सूर्यको बदलिँदो
मौसमबारे पूर्वानुमान गर्न सकिने अनुसन्धानकर्ता बताएका छन् ।
फाइदा के हुन्छ त ?
यसले सौर्यमण्डलीय तुफानको बारेमा आँकलन गर्न सहयोग मिल्ने गर्दछ । जसले गर्दा स्याटेलाइट तथा रेडियो कम्युनिकेशनको अवस्था राम्रो बनाउन सकिन्छ । सूर्यको व्यवहारको आधारमा अरु ग्रहका बारेमा पत्ता लगाउन सहयोग मिल्ने अनुसन्धानकर्ताले बताएका छन् । सूर्यको मौसममा हुने गरेको मौसम परिवर्तनबारेको यो अध्ययन नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित भएको छ ।
– एजेन्सीको सहयोगमा
Comment