घटनाको ८४ घण्टापछि अर्घाखाँचीका ऋषिलाई जिवितै उद्धार गर्न प्रहरी सफल

अर्घाखाँची बैशाख १६,

 

गत शनिवार गएको महाभुकम्पमा पुरिएका अर्घाखाँची जिल्लाको ढाकावाङ साम्नेगाउँ स्थाई घर भएका ऋषि खनाललाई प्रहरीले ८४ घण्टापछि काठमाण्डौको एक गेष्ट हाउसबाट हिजो सकुसल उद्धार गरेको छ । साम्नेगाउँ घर भएका खनाल विदेश जाने क्रममा काठमाण्डौ पुगेका थिए । खनाललाई १५ गते राती साढे १० बजे सकुशल उद्धार गरिएको थियो । अहिले उपचार हुँदै गरेका खनालको अवस्था खतरमुक्त रहेको प्रहरीले जनाएको छ ।

 यसरी भेटिए खनाल

 

फूलबारी गेष्ट हाउसमा मानिस पुरिएको छ भन्ने खबर आएपछि सोमबार नै चिनियाँ टोली कुकुर समेत लिएर गौंगबु बसपार्क पुगेको थियो । उक्त क्षेत्रमा अर्को गेष्ट हाउस पनि त्यसरी नै भत्किएको थियो । त्यहाँ पनि केही मानिस परेका छन् । तर, जिवित नभएको भन्दै टोली फर्कियो ।

मंगलबार सशस्त्र प्रहरीसँगै उद्दारका लागि नेपाल आएको फ्रेन्च टोली पुग्यो । उनीहरुसँग भग्नावशेषमा जिवित मानिस भए नभएको पत्ता लगाउने डिटेक्टर रहेछ । जसले फुलबारी गेष्ट हाउसमा जिवित मानिस हुन सक्ने बताएपछि आजाव दिन भनियो । तर, सकै रेस्पोन्स भएन । लगतै सशस्त्र प्रहरीका इनिस्पेक्टरभित्र पसेर कोही छ भने बोल्नुस् भने । तर, अवाज आएन । उनले कोही हुनुहुन्छ भने ढकढक्याउनुस् भने । लगतै केसैले आवाज दिएको सुनियो । त्यसपछि सुरु भने खनालले पुनर्जन्मको प्रक्रिया । फ्रान्सेली टोलीको सल्लाह अनुसार सशस्त्र प्रहरीको टोलीले ढलान काट्न सुरु गर्‍यो । त्यहाँबाट भित्र रहेका खनालसँगै अन्य दुई जना थाहा भयो । खनाल बाल्न सक्ने थिए । उनले आफूलाई बचाउन आग्रह गरे । नजिकैको अर्को गेष्ट हाउसमा थिचिएको मानिसको शवको गन्ध आउन थालिसकेको थियो । तर, सशस्त्र प्रहरीसँगैको अर्को गेष्ट हाउसमा भएको व्यक्तिलाई जिवितै उद्दार गर्न प्रयासरत थियो । सशस्त्र प्रहरीका महानिरीक्षक कोशराज वन्त आफैं उद्दार स्थलमा पुगेका थिए । उनले जिवित उद्दार पहिलो प्राथमिकता भएको बताए । निकै लामो समय लगाए ढकाल काटेपछि खनाललाई निकाल्न सकिन्छ भन्ने उद्दार टोलीको अनुमान थियो । तर, खनालको खुट्टा केहीले थेचेको रहेछ । तत्काल डाक्टरसहितको टीम पुग्यो । उनीहरुले खनाललाई भित्रै अक्सिजन दिए । उनीसँगै भएका व्यक्तिको टाउकोमा चोट लागेको थियो, रगत बगेको थियो । जसका कारण उनको मृत्यु भइसकेको रहेछ, डाक्टरसशितको टीमले हेरेपछि थाहा भयो । उद्दारकर्ताहरुले जग हालेर ढलानलाई केही उचाले र थप ढलान काटे र राति साढे १० बजे ढकाललाई जिवितै उद्दार गरिएको छ । उनलाई उद्दार गरेपछि एपीएफ र फ्रान्च टोलीले खुसी साटा साट गरेको छ ।

पुर्नजन्म पाएका ऋषिलाई हार्दिक बधाई ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter