काठमाडौंको बिजुलीबजारमा भूपू सैनिकको हत्या

२०७१ चैत्र ९ गते
महेश भुसाल अर्घाखाँची

राजधानीको बिजुलीबजारमा नेपाली सेनाका अवकाशप्राप्त सुबेदारको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ। बिजुलीबजारको पुलकै छेऊमा सोमबार बिहानै शव फेला परेको प्रहरीले जनाएको छ।

खोला छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो। मृतक दाङ घर भइ काठमाडौंमा डेरा गरी बस्ने नेपाली सेनाका अवकाशप्राप्त सुबेदार द्रोणबहादुर सेन रहेको प्रहरीले बताएको छ। बानेश्वरको पञ्चकुमारी मन्दिर छेउमा हरी थापामगरको घरमा डेरा गरी बस्दै आएका सेनलाई राति कसैले मारेर फालेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। मृतक सेनको टाउकोमा चोट लागेको देखिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक सेनका श्रीमती एक छोरा र दुई छोरी छन्। नेपाली सेनाबाट अवकाश पाएका सेनकी श्रीमती काठमाडौको हेम्स हस्पिटलमा कार्यरत छिन्।





Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter