हाँसो पिडा जिन्दगीको, रित बनेको छ ।
सधै भरी साथ दिने, मित बनेको छ ।।
जहिले देखी यो आँखाको, सदुपयोग गरियो...
त्यही दिन देखी यो पनि, घृणित बनेको छ ।।
((माया गर्ने जिवन साथी, रोज्यौ भन्ने खवर पाएँ................स्वर स्मृती शाही))
जिवनसाथीको महत्व बुझेन कसैले, केही समय उसैको साथसँग रमाउने अनी स्वार्थ पुरा भएपछि लात मारेर खेदाउने प्रचलन जस्तो भइदियो सम्बन्ध । सम्बन्ध टुङ्गाउनकै लागि जन्माइयो, फरक यती कि स्थायी र अस्थायी अध्यापन अनुपती पत्र जस्तो भइदिएन यो । जति जति सम्बन्ध नजिकिदै गयो त्यती सम्बन्धलाई चलाउने दुबै चालकहरु निदाउदै गए । मुस्कीलले दुईमध्ये एउटाले त सम्झीयो तर अर्कोले सम्झन पनि पैसा तिर्नुपर्ने जस्तो बाकटे भइदियो । अचम्मको छ यो दुनियाँ, धेरै पछाडी नजाउँ मान्छेको एक जुनीमा जन्मदेखी मृत्युसम्म दिमागको मेमोरी प्रयोग गर्दा जम्मा एक प्रतिशत पनि प्रयोग हुदैन यो, त्यही एक प्रतिशतमा पनि नराम्रा कुराहरु कति हो कति खाद्छ यो मान्छेको जातले – डोकामा सोत्तर खादेजस्तै, तर ०.०१ प्रतिशत पनि कसैको सम्झना राख्न सक्दैन यसले दिमागमा, यदि झुक्कीएर कसैलाई राखी हाल्यो भने पनि लेनदेनको कारोवार बनाएर केही पाउनको लागि सम्बन्ध गाँसेजस्तो, चाहेको चिज पाएपछि किन फोकटमा त्यसलाई बचाइराखौँ भन्ने सम्झी टोपल्छ ।
जिन्दगी बगेको खोला जस्तै रहेछ, जुन लगातार बगीरहनुपर्ने – कहिले छाल बनेर, कहिले ढुङ्गालाई साथी बनाएर त कहिले किनारमा ठोकीएर । जिवन सोचेभन्दा एकदम नै पृथक हुदो रहेछ । सानोमा स्कुल पढ्दा हाप टाइमा भागेर हिडेजस्तो कहाँ सजिलो हुदो रहेछ र यसबाट भाग्न । म त जिन्दगीलाई आफ्नै बसमा पारी आफ्नै भाग्य लेख्न हिडेको मान्छे, आज यसरी पछारिरहेछु, उल्टै यही भाग्यले मेरो मृत्युदण्द लेखिदियो । जसरी कागजमा पानाहरुमा जिवन टाँसिन थाले जिन्दगी आफै पानाहरु जस्तै बनेको छ, म थोरै मात्रामा पनि पुस्तक पढ्ने मान्छे, आज थाहै पाइन जिन्दगी आफै पुस्तक भएछ – यादहरुको । जहाँ गएपनि साथै रहने दुनियाँको सबैभन्दा सस्तो पुस्तक हो जिन्दगी । समुन्द्रको सतहको निक्कै नजिक पुगेको झरीको थोपाले पनि सोच्दो हो – यो समुन्द्र त पानी नै पानीको भण्डार मात्र रहेछ, त्यही पानी आकाशबाट आउँछ, त्यही बग्छ, फेरी उडेर माथी जान्छ अनी फेरी आउँछ । उसको सर्वस्व जे छ त्यही छ, त्यही समुन्द्र जिवन अनी मृत्यु पनि । यदि जान्दो हो त रमाउँथ्यो होला, हाँस्थ्यो होला तर उसलाई कुनै न कुनै दिन बाफिनै पर्छ – आकाशतिर जानै पर्छ । यस्तै त हो नि बरै मान्छेको जिवन पनि एकदिन बाफिएर आकाशतिर जानै पर्ने............
तिम्रो मान्छे बन्छु भन्ने, एकरत्ती बिश्बास छैन ।
जिउन पनि जानिएन, कुनै नौलो आभाष छैन ।।
देख्नेहरु खाते भन्छन्, बिना कामको हुतिहारा...
मर्न पनि सकिएन, बाँच्न कानमा कपास छैन ।।
((तिम्रो मान्छे बन्छु भन्ने, सपना हरायो आज...............................))
मनमा हरबफत एउटा दौड आयोजित भइरहेको हुन्छ आजकल, म पुरा सामथ्र्यका साथ दौडिन्छु । मेरो लक्ष्य म बाट धेरै टाढा भएको आभास भइरहेको बेला अचानक त्यो म तर्फ दौडिन्छ र म त्यस तर्फ दौडिन्छु, दौडाइको चरम बेगमा हुन्छौ हामी । त्यो म तर्फ आउँदा आउँदै पनि म त्यस तर्फ जाँदा जाँदै पनि हाम्रो दुरी अझ लामो हुदै गएको भान हुन्छ मलाई । अनी म टक्क रोकिन्छु – सुनसान हुन्छ त्यतिबेला । फेरी एकपटक झसङ्ग हुन्छु मेरो लक्ष्य त जहाँको त्यही छ । अघि भरखर म तर्फ आइरहेको जस्तो देखिने त्यो त मेरै भ्रम पो रहेछ । मेरो दौडाइमा उ पनि दौडेको जस्तो मात्र देखेको रहेछु म – हामी बसमा चढ्दा हाम्रो यात्राको दौडसँगै बाहिरका रुखहरु पनि दौडिएजस्तै । जब लक्ष्यलाई स्थिर देख्छु त्यतिबेला अघिको चिच्चाहट, उत्सुक्ता, दौडाई सबै रोकिन्छ । पानी परिसकेपछिको बलेसीको थोपाजस्तै दुई थोपा आँशुहरु तप्प झर्छन् र आजको दौड समाप्त भएको म आफैले घोषणा गर्छु ।
जिवन जो जहाँ छ त्यसले त्यही ठान्छ । खोज्नेहरुले आफु जहाँ छन् त्यही खोज्छन् । भेट्नेहरुले आफु जहाँ छन् त्यही भेट्छन् । त्यो सडक बालकले फोहोरहरुमा, किसानले माटोमा, शिक्षकले शिक्षालयमा, साहित्यकारले साहित्यमा आफ्नो पुरिएको जिवन थोत्रो ट्याङ्का टक्टक्याएजस्तै टक्टकाइरहेछन् । यहाँ फरक मन राख्नेहरु पनि होलान् – बाटोमा सुत्नेले एउटा छाप्रो रोज्ला, छाप्रोमा बस्नेले पक्की खोज्ला, पक्की हुनेहरुले महल रोज्लान्, सबैले एउटा न एउटा केन्द्रविन्दु आकारका थोप्लो सोचेका होलान् । त्यो थोप्लो केन्द्रविन्दु होला, घुमी फिरी जिवनभरमा त्यहाँ पुग्ने अभिलासा होला मान्छेको – त्यसलाई हासिल गर्ने महत्वकांक्षा होला ।
म अन्योलमा छु, यो अनन्त ब्रहाण्ड त्यस भित्रको एउटा सानो तारा पुञ्जको एउटा फुच्चे तारा सुर्यको वरिपरि घुम्ने पृथ्वीलाई विशाल ठान्छौँ हामी – सही ठान्छौँ या गलग ठान्छौँ त्यो सानो पृथ्वी भित्र उम्रे जस्ता हुन्छौँ हामी र विस्तारै मरेजस्ता हुन्छौँ । यताबाट उता – उताबाट यता सल्वलाइरहन्छौँ र अन्त्यमा मरेजस्ता हुन्छौँ । जो जति गरेपनि जसले जति ओगटेपनि पृथ्वी नै छ, जत्रो छ त्यत्रै छ, जस्तो चाहान्छ त्यस्तै हुदैछ । हो म पनि जन्मेजस्तो भएछु बढेछु सोच्ने भएछु या सोचेजस्तो गर्ने भएछु । पहिले के के भयो कसरी यो प्रणाली बन्यो मलाई छेउ न टुप्पो केही थाहा छैन, तर अहिलेको जमानामा रोवटले आँखा बनाइसक्यो तर मैले भने आफ्नै आँखाले आफैलाई अझैसम्म देखेको छैन..................
सकेजती आँशुलाई, झर् भनेर गयो ।
तँ बिना मर्छु भन्दा, मर् भनेर गयो ।।
क्यारम त नि जसलाई, पर्खेर बसियो...
आज उसैले जे सुकै, गर् भनेर गयो ।।
((भन्नलाई त तिमी बिना, बाँच्दिन न म मर्छु भन्थ्यौ...........................))