लेखक : महेश भुसाल/सरोज कुँवर
एउटै जिवन त्यसको पनि, आधार टुटेपछि ।
कति बाँच्नु र जिन्दगीको, व्यापार छुटेपछि ।।
निल्नु र ओकेल्नु, भएकति साइनोहरु....
लौ सकियो सम्बन्ध, संसार छुटेपछि ।।
((मेरो जिउने आधार टुट्यो, आधा मुटु अन्तै छुट्यो..................स्वर स्वरुपराज आचार्य))
मान्छेको चोला दुई दिनको झोला, म मरेपछि मेरो अस्तित्व के होला ? किन यस्तो हुन्छ मान्छेको जिवनमा, जति गर्दा पनि दुखको भाइरस नहट्ने । म डोकोभरी खुसीका रङ्गहरु भर्छु भन्छु तर सोत्तर सोहोरे जसरी दुखहरु चाली लाग्छन् जिन्दगीमा । मैले कतै पढेको र सुनेको थिएँ मान्छेको मन हुन्छ रे, तर खोइ कहाँ हुन्छ ? एउटाको दुखमा अर्कोले तमासा हेर्ने के यही हो त मान्छेको मन ? सम्झीदा पनि कोक्काइ कोक्काइ रुन मन लाग्छ, कसैलाई साथ दिन नसक्ने भए नाना भाँतिका सपना देखाएर किन सँगै लिएर हिड्नु ? बरु सुरुवातमै हस्त नमस्ते गरिदिए भइहाल्थ्यो नि, एक्लो जिन्दगीमा रमाउने बानी परेको मान्छेलाई बिभिन्न लोभ लालचहरु देखाएर, सात जन्मसम्मका बाचा कसमहरु दिएर, भगवानको अगाडी झुठो कसम खाएर, पछि घर न घाटको बनाइ चत्रक्कै छोडेर भाग्छ – थुक्क मान्छेको जिवन । कति सम्मको बेइमानी हो यो, एउटा कुकुरले पनि आफ्नो घर र मालिकको उत्तरदायित्व बोध गरेको हुन्छ, तर यि कलियुगका मान्छेहरु भने भगवानले दिएको खुट्टाको दुरुपयोग गरिरहेछन्, कसैलाई टुहुरो बनाएर भरार हुन पुर्व कसरी लम्कीन्छन् यि पाइलाहरु सम्झीदा पनि बढो अजिव लागेर आउँछ, सायद त्यसैले पनि मान्छेको मन हुन्छ भनेर पहिले नै विश्वास गर्न छोडिसकेको मान्छे हुँ म । मन न तिमीसँग छ, न म सँग छ, म सँग अलिकती भएको एउटा दया हो त्यसलाई पनि बढो नराम्रोसँग निमोठेर फरार भएकी छौ तिमी ।
आज म आफुलाई नितान्त एक्लो महसुस गर्दैछु । तिमीले छोडेको महिनौ भएछ, हिड्दै गर्दा बाटोमा अरुका जोडीहरु देखेर डाहा लाग्छ मलाइ, मनमा आँधी बेरी चल्न थाल्छ, कहिलेकाँही त दया लागेर पनि आउँछ, बिहानीको शिरेठोमा साथमै न्यानो महसुुस गरेर जिन्दगी तताउनेहरु प्रती । छुट्नेछन् कयौँ जोडीहरु म जस्तै एक्लो हुनेछन् । विचरा ति प्रेम जोडीको सिसाको जस्तो भाग्य फुट्नेछ एकदिन, जव त्यो प्रेमलाई दुनियाँको नजर लाग्नेछ अनी सँगै बाँच्न असफल हुनेछन्, विचरा ति सँगै जुत्ताको ताल बनाएर हिड्नेहरु, म नचाहादा नचाहादै पनि बाध्य छु – ति जोडीहरुको जुत्ताको तालमा इश्र्या गर्न, जब हिडीरहेको हुन्छ नि त्यो ताल सुनेर, कतै रोकीउ जस्तो तगारो नबनु जस्तो लाग्छ, किनभने एक्लो जिवन त लङ्गडो जस्तो हुँदो रहेछ, आजभोली त मलाई ढुङ्गाले पनि साथ दिन छोडे मान्छेको के कुरा..................................
फूल बनेर आउँछ मुटु, घोचेर जान्छ ।
यो कस्तो ठाउँमा आएछु भन्ने, सोचेर जान्छ ।।
आफ्नै भाग्य आफैले, फुटाएको मान्छे म त...
आउन नपाउँदै अर्कैलाई, रोजेर जान्छ ।।
((फूल देख्दा पनि डराउँछु, मुटु घोँचेझै लाग्छ............................))
जब कसैसँग मित्रता हुन्छ, तव विश्वास गरेर मन साटिन्छ अनी मनभित्र गुम्सीएका कुराहरु, एक्लै हुदाँ पनि सुनाउन थालिन्छ, साट्न नहुने कुरा, भन्न नसकेका कुराहरु भएपनि एकोहोरो रुपमा मनमनै सुनाउन थालिन्छ, के यो गल्ती हो र ? कदापी यो गल्ती त होइन होला, किनकी गल्ती भएको भए त यो संसार नै झुठो छ, सबै नाताहरु झुठा छन्, तर जव त्यही विश्वास गरेको मान्छेलाई धोकाको हुरी चल्न थाल्छ तब मंगल ग्रहमा आएको भुँइचालोले पृथ्वीमा धक्का दिएजस्तो हुन्छ, सारा सपनाहरु तितर बितर हुन्छन्, पुरानै डोवमा हिडीहरुका आँशुहरुमा पनि बाढि आउन थाल्छ, जव मनमनै केही प्रश्नहरु उसलाई सोध्न थालिन्छ तव झस्ल्याङ्ग विउझिएर यथार्थको भावनाले पेट निमोठ्न थाल्छ । यो चोट, यो बेदना कसलाई सुनाउँ, न रुन सक्छु न हाँस्न सक्छु बस पल पल यही कुराले डेरा जमाएको छ मेरो मनमा । बिज्ञहरु भन्छन् भुकम्प जहिले पनि आउन सक्छ – पृथ्वीमा पनि अनी मनमा पनि, त्यसैले पूर्व तयारी गरेर बस्नुपर्छ ।
एउटा छाता सरी सायद म तिमीलाई घाम पानीबाट बचाउने छहारी हुन सक्थेँ होला, तर सायद त्यतीबेला तिमीलाई छहारीको कुनै खाँचो थिएन, त्यसैले होला त्यो काम नपर्दा बोझ हुने छातालाई तिमीले च्यापीराख्न चाहिनौ अनी मिल्कायौ दोवाटोमा । त्यो बिचरा छाता लड्यो, पछारियो, घस्रियो अनी च्यातियो । त्यो छाता कुनै दिन त तिमी उसलाई लिन आउँछौ कि भनी त्यही बाटोको छेउमा कुरेर पनि बस्यो तर तिमीले त्यसलाई वास्ता सम्म गरिनौ । सबैले त्यो छातालाई कुल्चिएर हिडे, घाम पानीको त्यो छाता खिया लागेर काम नलाग्ने भयो – फेरी जव तिमीलाई उसको खाँचो पर्यो तव टुक्रिएको छाताले तिमीलाई कसरी साहारा दिन सक्छ ? भयो अव यो काम नलाग्ने छातालाई बिर्सीदेउ बरु अर्को नयाँ छाताको बन्दोवस्त गर ।
मलाई थाहा छ यो मनको घाउमा मलम लगाउने एउटा तिमी मात्र हौ, तर तिमी कहिलै आउँदिनौ त्यो पनि थाहा छ मलाई, म मेरो पापको सजायँ भोग्नै पर्छ । मैले जानी नजानी पाप नगरे पनि सराप भन्ने टन्नै पाएको छु, मैले हिड्दै गर्दा बाटोमा सँगै हात समाएर हिडीरहेका कति जोडीहरु छुटाएको छु, प्रेम बाँडीरहेकाहरुलाई तर्सन बाध्य बनाएको छु – मलाई माफ गरिदेउ प्रेम जोडीहरु । चाहान्छु यो यात्रालाई कते रोकेर जिन्दगी भरको थकाइ मारौँ जस्तो, तर सक्दिन थाहा छ जति प्रतिक्षा गरेपनि सधै एक्लै न हो......................................
यहाँ त आफ्नै मान्छेपनि, हराउँछ रे भन्छन् ।
बाँच्नु न मर्नु, गराउँछ रे भन्छन् ।।
एकदिन त कसो आँशु, नझर्ला उसको....
पाप धुरी बाट, कराउँछ रे भन्छन् ।।
((पात खस्दा पनि तर्सिन्छु, पहाड खसेझै लाग्छ......................................))