.......महेश भुसाल
दुई चार बर्ष लगाएर बनाएको प्रेम र एक दिनको निर्णय र छलफलमा बनाएको बिबाहमध्ये, बिबाहले मान्यता पाउँछ, प्रेम यसै बिलाप भएर जान्छ, सायद बिबाहमा भन्दा प्रेममा निक्कै पहिले नै एक अर्काको सिकार हुन्छन् दुवै प्रेमीहरु, प्रेम गरिरहदाँ त यस्तो अझ बिबाह भएपछि कस्तो होला, भन्ने कल्पनाहरु आफुले जान्दा नजान्दै मनमा उब्जाउन पुग्छन्, किनकी पुरानो सम्बन्धमा भन्दा कति हो कति नयाँ सम्बन्धमा खुसी र सुखी हुने दलिल पेस गरिरहन्छन् उनीहरु, यस्तै ब्यबहारको प्रयोग सँगै प्रेम र बिबाहलाई छुट्टा छुट्टै बाटोमा हिडाएको हामी देख्न सक्छौँ, बिबाह अगाडी प्रेमीको सहायता र बिबाह पछाडी श्रीमान् र श्रीमती सहायताले जिवन गुजारीरहेका अनगिन्ती प्रेमीहरुको दिमागमा यो छाप परिसक्यो कि प्रेम गरेकोलाई बिबाह गर्नु हुदैन, अह गर्दै गर्नुहुन्न, सायद समाजले उनीहरुलाई यस्तो सिकायो या आफ्नै चरित्रको पर्दाफास गरिरहेछन् उनीहरु ।
कहिलेकाँही यसो सोच्छु सम्बन्ध गाँसिरहेकाहरु पछि गएर आफ्नै सम्बन्ध छुटाउन लागी पर्छन भने कसरी प्रेमको हत्या नहोस, आफैले सम्बन्ध छुटाएर भन्छन् मेरो जबरजस्ती बिहे भयो अव मलाई बिर्सीदेउ, यो बाक्य बोलीरहदाँ उनीहरुमा कत्ती पनि पिडाका धर्साहरु भेटीदैनन्, बरु खुसीले गदगद भइरहेका हुन्छ उनीहरुको मन – पुरानो सम्बन्धलाई पाखा लगाएर नयाँ सम्बन्ध गाँसीरहन पाउँदा ।
हामीलाई बिबाहले के दिन्छ त्यो त म भन्न सक्दिन तर प्रेमले चाँही धेरै कुरा निशुल्क दिएर जान्छ, हुन त बिबाहबाट पनि हामीले धेरै अमूल्य कुराहरु पाउँछौँ तर त्यो निशुल्क भने होइन किनकी बिबाह निशुल्क हुदैन, प्रेम मात्र एउटा यस्तो सम्बन्ध हो जुन निशुल्क गाँसिन्छ र छुट्दा पनि निशुल्क प्रेमका पाठहरु सिकाएर जान्छ जसले बिबाहको नाम त नपाउला तर बिबाह भन्दा कति हो कति बिशेषता बोकेको हुन्छ यसले..................