२०७३ असार २१ गतेको कार्यक्रम 'नमेटिने याद' को सुरुवाती स्कृप्ट.....

दिन आउँछ अनी, फेरी रात पर्छ ।
जुन हेर्दै आँखाबाट, आँशु झर्छ ।।
कसैलाई पाउँछु भन्ने, झुठो सपना...
मन भित्रै घाँटी, निमोठेर मर्छ ।।।

((जब दिनले साँझलाई पाउँछ, अनी साँझ मिलनमा रमाउँछ...................स्वर : स्वरुपराज आचार्य))

समय आफ्नै गतिमा चलिरहेछ, मेरो रफ्तार जिन्दगीको त्यही समयको पछि पछि बेसुर अनी बेतालमा दौडिरहेछ । म सज्जन हुँ या पागल हुँ यति सम्म पनि छुट्याउन अझै सकेको छैन मैले । मलाई जन्मदेखी जानीरहेका मान्छेहरुको नजरमा म पागल हुँ । उनीहरु मलाई भन्छन्– ‘ए लफङ्गा किन फोकटमा समय खेर फाल्छस्, गलत बाटोमा नहिड्, सहि बाटोमा हिड्न सिक्, अब तेरो सिङ आउदैन–जुर्रो आउदैन ।’ यिनै डाइलगहरु सुन्दा सुन्दै म धेरैपटक पाकेको छु– आगोको तापले तरकारी पाकेजस्तै । अनी धेरै पटक तातेको छु– घामको किरणले जमिन तातेजस्तै । म एकैछिन तातेर सेलाउने कुकरको पिँधजस्तो भइन, म त एकपटक तातेपछि कति हो कति समय सम्म तातै रहने ताप्केको बिँडजस्तो भइदिएँ, अनी यही तापको प्रयोगले अरुको दिमागपनि मज्जासँग तताइदिएँ– हो यसरी नै अघि बढिरहेँ म ।

मलाई जन्मेदखी चिन्दै आएका मान्छेहरुको अगाडी म लफङ्गो भएपनि, जिन्दगीको यात्रामा पहिलो पटक भेटिएका मान्छेहरुले भने मेरो आवाजको खुब्बै प्रशंसा गरे– तर त्यो पनि सुरुवातमा मात्र । सुरु सुरुमा मेरो आवाज सुनेर कहिलै नथाक्ने मान्छेहरु, आजभोली मेरो आवाज सुन्दा दिक्क लागेर रेडियो बर्टाछन्, पन्छिएर हिड्छन् । लौ यस्तै रहेछ जिन्दगी, मान्छे हरेक पटक नयाँ नयाँ मोडलका मोबाइल फेर्न तम्सीए जस्तै नयाँ नयाँ डिजाइनका मान्छे फेर्न पनि बहुत तम्सीदो रहेछ । यो कस्तो लिला हो । हिजो होसमा ल्यानेहरु आज बेहोस बनाउन खोज्दै छन्, यहाँ कसलाई के मतलब बेहोस अनी होसको ।

मनभित्र गुम्सीएका तिता अनी सत्य यथार्थहरु चलचित्रको पर्दामा झै एकपछि अर्को गर्दै मेरो जिवनको पर्दामा देखा पर्दैछन्, म थाम्न सक्दिन त्यो अदभुत पिडा, अनी नर्कान पनि सक्दिन । भरखर जन्मीएको बालकझै चुप्प लागेर हेर्नु सिवाय मैले केही गर्न सक्दिन । कुनै दिन मेरो गाउँले साथीले भनेको ‘एक्लो ज्यान, जहाँ मर्यो त्यही च्यान’ भन्ने डाइलग नै आज साथी बन्दै छ मेरो । जन्मेपछि एक न एकदिन चिहानमा त जानैपर्छ नी, समयको चक्रबिउले मान्छेलाई कहाँ देखी कहाँ पुराउदो रहेछ– पुर्पुरो समात्दै सोच्न बाध्य भएको छु म । सानोमा हातमा भएको घडि व्याट्रि सकिएर बन्द हुदाँ, लौ समय पनि रोकियो भन्दै बहुतै खुसी हुन्थे म । जाबो समय भनेको के हो र ? एउटा सेकेण्ड सुई, मिनेट सुई र घण्टा सुई त हो । त्यो मध्येपनि मिनेट सुई र घण्टा सुई त चलेको पत्तो समेत हुदैन । हो यसैगरि समय नचलेको खुसीयालीमा मैले धेरै पार्टी मनाएँ, धेरै जन्मदिनका उत्सबहरु मनाएँ । तर आज म पछाडी फर्केर हेर्न मात्र सक्छु– पछाडी फर्केर दर्गुन सक्दिन । सायद समयको पाबर भनेको यही होला............

जिन्दगी ठ्याक्कै आधी, बाटो भएको छ ।
मुटुमा यादहरुको, टाटो भएको छ ।
मेरै अगाडी मान्छे, खित्का छोडर हाँस्छन्...
कठै मेरो भाग्य त, लाटो भएको छ ।।

((आधी बाटो तिमी आउनु, आधी बाटो म आउला.......................))

जिन्दगीमा आधीबाटो हिड्ने रहर मलाई थिएन । तरपनि यो दुनियाँले पुरै बाटो हिड्न दिएन । रह्यो आधा जिन्दगी, म हाँसेर जिउँ कि जिएर हाँसु । हाँसेर जिउँछु भन्छु कतै हाँस्ने अबसर पनि भेट्टाउन्न । जनतन सियोको मुन्टाजती खुसी भेट्टाउँछु त्यसैलाई नै ठूलो पहाड बनाएर फिस्स हाँस्दै फेरी सदाका लागि हाँस्नै बिर्सिन्छु । सायद यो खुसी भन्ने चिजको पनि किमत तोकेको भए– मरिजाम कोही कसैको अगाडी खुसी हुनको लागि भएपनि यो ज्यान बन्दकी राखेर खुसी किन्थेँ होला । तर यो खुसी भन्ने जिनिश, न त प्रेम गरेर पाइदो रहेछ, न त बिबाह गरेर पाइदो रहेछ, न त लोक सेवाको परिक्षा पास गरेर पाइने रहेछ ।
.
हे प्रभु, कति महङ्गो रहेछ यो, जसको एक क्षण पाउनको लागि दुखका सयौ क्षण बिताउनु पर्दो रहेछ, आँशुका सयौ धाराहरु बगाउनु पर्दो रहेछ । सबै सकियो अब, मन रहेन अनी मान रहेन, परिचय बदलियो–दुनियाँको हेराई फरक भयो तर अझै मेरो सपनाहरु चाँही उस्तै रहे । न कहिलै थाके न कहिलै बुढा भए, बरु कपाल फुलेपनि दारी फुलेपनि दस बर्ष अगाडी देखेका सपनाहरु मन भित्र उस्तै रहे–उत्रै रहे । यि सपनाहरु कहिले आँखा चिम्लीदा देखा परे कहिले आँखा खोल्दा देखा परे ।

सबैको जस्तै आकाशका ताराहरु झै अनगिन्ती आफन्तहरु अनी साथीहरु थिए मेरा पनि तर म रोएको देख्ने आकाशको एउटा जुन अनी आँशु पुछ्ने यि दुईओटा हात बाहेक अरु म सँग कोही थिएन । मैले यि दुवैलाई आफ्नो साथी मानेँ । आँशु दुख खेप्न सक्दैन, हात आँखाबाट आँशु झरेको हेर्न सक्दैन । सायद त्यसैले पनि जिन्दगीका धेरै कार्यकालहरु यही आँशुलाई सारथी बनाइ गुजारेको छु मैले । यहाँ हर कोही आफ्नो हुँ भनेर नजिक हुन्छ, तर कोही पनि म पराइ हुँ भनेर टाढा जाँदैन । आफ्नो र पराइलाई स्वतह चिनिन्छ नी, हेर कति मुर्ख है मान्छे, पराइ भएर पनि आफ्नो भएको आभाष गराउँछ यसले ।

मैले यहाँसम्म आइपुग्दा सबथोक भेट्टाएँ तर आँशु थुन्ने साधन भेट्टाइन । मान्छेहरु धेरैले भने जिन्दगीमा खुसी भइयो भने आँशु थुन्न सकिन्छ । यो बाक्यलाई मनन गर्दै खुसी हुने प्रयत्न पनि बहुत गरेँ मैले, तर खुसी हुँदा पनि बर बर आँशु झरेको देखेपछि आँशु थुन्ने साधन नभएको हेक्का गरेथेँ म । एकपल्ट घोरिएँ, पैसाले पो थुन्न सक्छ कि आँशु भनेर, तर नेपालका धनी मध्येका एक बिनोद चौधरी पनि एकान्तमा बेला बेलामा रोइरहन्छन् भन्ने समाचार सुनेपछि म पुर्ण रुपमा बिश्वस्थ भए, आँशु थुन्ने साधन केही पनि रहेनछ भन्ने कुरामा.......

अधेरी रातपनि कहिलकाँही, रोइदिन्छ अरे ।
पिडाले मन मुटु, छोइदिन्छ अरे ।।
जब आँखाबाट, तर्र आँशु झर्छ नी...
त्यहीबेला आँशु र हातको मिलन, भइदिन्छ अरे ।।

((अधेरी रातले जुनी, निल्नु अगाडी आउनु..........................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter