२०७३ जेठ २५ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृप्ट....

आउँछन् एकदिन, ढाँटेर जान्छन् ।
हात समाउदै नेटो, काटेर जान्छन् ।।
यता कसैलाई आश्वासन दिएर...
अर्कैसँग मुटु, साटेर जान्छन् ।।

((ढाँटी ढाँटी बैगुनीले, यति धेरै ढाँटी..........स्वर– मनोज राज))

छल्ने र ढाट्ने कुराको अधिकतम प्रयोग भइदियो सम्बन्धमा । यो माया भन्ने चिज कुन चाँही भाइरस हो फिटिक्कै ठम्याउन सकिन मैले । मैले धेरै प्राणघातक रोगको बारेमा पढेँ अनी सुने पनि । एच.आई.भि एड्स, क्यान्सर, इबोला भाइरस, जिका भाइरस यस्ता धेरै रोगहरु छन् जले एकपटक लागेपछि मान्छेको प्राण लिएरै छोड्छन् । आज सोच्दै छु यि रोगहरुको लिस्टम किन प्रेमलाई समावेश गरिएन होला । माथीका रोगहरुले त संक्रमण गर्दा मात्रै दुख दिन्छन्, तर प्रेममा त सम्बन्धमा रहदा पनि टेन्सन, अनी छुटेर जाँदा पनि टेन्सन । स्कुले जिबनमा स्वास्थ्य बिषयमा एउटा प्रश्न आउँथ्यो– ‘प्राण घातक रोग भएको के हो ? कुनै एकको बर्णन गर भन्दै । अनी म खुब्बै आनन्दले एच.आई.भि एड्सको बर्णन गरिदिन्थे र अहिले पनि यही प्रश्नको उत्तर लेख्ने मौका पाउने हो भने सबैभन्दा प्राण घातक सरुवा रोग त प्रेम पो रहेछ भन्दै आफ्ना तर्कहरु राख्थे होला ।

कसैको गलफ्रेन्ड, ब्वाइफ्रेन्ड अथवा कसैको प्रेम देख्दा बित्तिकै त्यो मान्छेलाई प्रेम भन्ने सरुवा रोगले समातिसक्दो रहेछ । अनी भोली देखी आफू पनि उसले जस्तै प्रेम गर्ने रहर बोकेर चोक तिर निस्कन्छ । निस्किनु भन्दा अगाडी २÷४ पटक ऐना हेर्छ, जुल्पी लर्काएर कपाल कोर्छ, मुखमा पाउडर र क्रिम दल्छ, कपडामा दुई चार पटक सेन्ट छर्किन्छ– अनी ऐना हेर्दै आफूलाई संसारकै राम्रो व्यक्तिको लिस्टमा राख्छ अनी खुब्बै गर्भका साथ चोकमा पुग्छ, कलेजमा पुग्छ, रेस्टुरेन्ट एण्ड बारमा पुग्छ । उसले त्यहाँ पुगीसकेपछि कसैले म तिर आँखा लगाइदिए हुन्थ्यो भन्दै भगवानसँग मनमनै प्राथाना गरिरहन्छ ।

उसलाई जसरी पनि प्रेम गर्नु छ– उसका दुई चार जना साथीहरुलाई देखाउनको लागि, तर त्यो दिन उसलाई कसैले हेर्दैनन्–बाल गन्दैनन् । अरुका प्रेमी प्रेमीकाको रमिता देखेर उ निरास हुदै कोठामा फर्किन्छ । उसका बा–आमाले उसलाई पढ्नको लागि शहर पठाएका हुन् तर आजभोली उसको लक्ष्यमा परिवर्तन भएको छ, उसको आजको लक्ष्य भनेको प्रेम गर्नु हो– आफ्नो गाला चिल्लो बनाउनु हो । उसले यसै गरि धेरै दिन जुल्पी लर्काएर, क्रिम दलेर कलेज, चोक, पार्कमा धाइरह्यो । धेरै दिनको मेहेनेत पछि उसले एउटा मान्छे भेटायो आफूलाई प्रेम गरेजस्तो गर्ने । अब उसका दिनहरु रमाइला हुन थाले, आफ्नो प्रेमीलाई डेटिङ् लैजानमै व्यस्त हुन थाल्यो उ, उसले आफ्नो प्रेमीलाई एउटै कुरा सोध्थ्यो ‘म कस्तो देखिएको छु ?’ भन्दै । उत्तरमा जवाफ आउथ्यो– ‘अति सुन्दर, अनी म चाँही कस्ती देखिएकी छु नी ?’ ‘तिमी पनि अति राम्री, मेरै लागि बनेजस्ती ।’ यसरी नै दिनहरु बितिरहेँ । एकदिन यस्तो दिन आयो, बारीको कान्लामा लुकेर उसले आफ्नै प्रेमीको बिबाह अर्कैसँग भइरहेको हेर्न बाध्य भयो । आजदेखी सदाका लागि टुङ्गीयो सम्बन्ध र एउटा नमिठो सपना बनेर छापियो बिगतमा......

उसको पिडा प्रत्यक्ष, देखिरहेँ मैले ।
त्यही पिडाको बैशाखी, टेकिरहेँ मैले ।।
म बाँच्दिन अब, मर्छु भन्थ्यो उसले....
हो त्यही कथा कापीमा, लेखिरहेँ मैले ।।

((व्यथा पोख्थी कागजमा, लगाइ प्रेमको कसी.....................))

त्यो दिनदेखी मलाई डर लाग्न थाल्यो, किनकी त्यही प्रेमबाट आफ्नै साथीको बिचल्ली भएको देखेको थिएँ मैले । हुन त यही प्रेमबाट धेरैको आत्महत्या भयो–हत्या पनि भयो, हो यसरी नै बिचल्ली भयो धेरैको । कथा लेख्दा लेख्दै बढेको सम्बन्ध एकादेशको कथा जस्तै गरि सकियो, तर मान्छेको मन नै त हो सजिलै कहाँ सकिदो रहेछ र भुल्न । एक दिन देखेको सपना बिर्सन त मान्छेलाई कति धेरै दिन लाग्छ, अझ यो त प्रेम हो– मुुटु नै थरथराउने प्रेम । जसलाई राख्नपनि गाह्रो छ, निकाल्न पनि गाह्रो छ । त्यो दिनदेखी मैले कसैलाई पनि प्रेम गर्ने सल्लाह दिइन । तर कतिपय मानिसहरु यस्ता भेटेँ मैले, जसले दया र मायाको एक अनुभव पनि थाहा नपाएको जस्तो गरे । सुख दुख, आँशु पिडा त सबैको भागमा छ नि, तर पनि मान्छे अरुको भावनालाई जिस्काउँछन्, खेलवाड गर्छन् । दुखमा हाँस्छन्, सुखमा साह्रै नमज्जासँग रुन्छन् । पिडामा सान्त्वना दिदैनन्, अपमान व्यवहार गर्छन् । सानो कामको घृणा गर्छन्, साना व्यक्तिको सम्मान नै गर्न जान्दैनन् । त्यस्ता मान्छेलाई पनि यस धर्तिमा बाँच्ने अधिकार छ– बस्ने अधिकार छ । किनकी भोली खराब व्यक्तिको उदाहरण दिदाँ आफ्ना सन्तानलाई, बिद्यार्थीलाई गज्जबसँग भन्न पाइयोस, यि मान्छेहरु अनुहारमा मात्रै मान्छे हुन्– व्यवहारका होइनन् भनेर ।

एकलास बगर ढुङ्गासँग जिबन साटीरहेका मान्छेहरुका माझ उभिएर मैले सोचेको थिएँ, साझ बिहान ढुङ्गासँग ब्रजीराख्ने यि मान्छेहरुको आँशु किन निस्तो भइराख्छ ? खोलाको पानीजस्तै आँशु र पसिना बगाएर जिउने ति मान्छेहरुका जिन्दगीका मुल्यहरु किन सस्ता बनिराख्छन् । सपनाहरु सबैका हुन्छन्, तर ति बगरमा ढुङ्गा टुक्राउनेहरुका सपनाहरु, तिनै ढुङ्गाजस्तै टुक्रिदै जादा रहेछन् । सायद यस्तै हुन्छ प्रेम गर्नेहरुको जिवनमा पनि ।

गायक पुष्कल शर्माले एउटा गित गाएका छन्, भोली भेट्छु भन्दै गएको मान्छेको मान्छेको भोली कहिलै पनि आएन भन्दै । हो यस्तै अत्तो पत्तो हुन्छ सम्बन्धको, आज छ भोली छैन । यो कुनै किताबी ज्ञान होइन, जस्तो पढ्यो त्यस्तै गर्नलाई । सन्तहरु एउटा गालामा थप्पड हाने, अर्को गाला पनि थापिदिने पाठ पढाउँछन्, तर यो त यथार्थ हो– काम गराइ र उसको व्यवहार मन नपरेर पदम कुँवर जस्ता मान्छेले प्रचण्डको गालामा थप्पड हान्दा, घिसार्दै लगेर जेलमा कोच्नेहरुको जमाना हो यो, अझ यहाँका पागल प्रेमीहरु त कसरी सुरक्षित छन् होला, जहाँ एउटा साधारण मान्छेले पनि जिन्दगी भरको लागि सपना देखाइदिएर जान्छ । अझै सुन्नुस, त्यही मान्छेले पटक पटक आएर, फोन गरेर, एस.एम.एस गरेर, अझै सन्तुष्टि नभएर भेटेरै सोध्छ, ‘के छ सन्चै छौ ?’ भन्दै । एक्लै हुने तर्र आँशु चुहाउँदै भन्छ– ‘बाँचेकै छु, तर अब ठेगान छैन ।’ .............

अचम्म भयो रे, लौन भयो रे ।
भिक मागेर मायाको, बिलौना भयो रे ।।
आज आफ्नै प्रेमीकाले, फैसला सुनाई...
मेरो प्रेम त उसलाई, खेलौना भयो रे ।।

((मलाई भने पिरै पिरमा बाँच्नु रैछ खाली....................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter