२०७३ साल जेठ ११ गतेको कार्यक्रम "नमेटिने याद" को सुरुवाती स्कृप्ट....

कहाँ जान्छु के गर्छु, अलपत्र गर्छु ।
जतन गर्दिन खुसी, यत्रतत्र छर्छु ।।
म सबैलाई भन्छु, मलाई यत्ति थाहा छ...
एकदिन गल्लीको कुकुर झैँ, सबत्र मर्छु ।।

(( म त अलपत्रै पर्छु तिमी नभएको बेला.............))

मान्छेका सपनाहरु ठूला हुन्छन्, कति निदाउँदा देखिन्छ– कति कल्पनामा देखिन्छ । ति सपनाहरुले मान्छेलाई यसरी डस्छन् कि फेरी त्यही सपना देख्ने आँट कहिलै गर्दैन उसले । किन हतार ? किन तनाव ? अगाडी बढ्ने बाहानामा धेरै मान्छेहरु आफ्नै जिवन बाँच्न समेत बिर्सिएका छन् । एकदिन कसैले भनेथ्यो मलाई, तिमी जिवनदेखी नभाग, बरु यसलाई सुन्दर तरिकाले बाँच्नतिर लाग, त्यस्ता प्रेम छोडिदेउ जसले तिमीलाई टेन्सन मात्रै हुन्छ, प्रेमको पेन्सन खाने कहिले कहिले तर टेन्सन भने दिनको दिन खाइरहेको हुन्छौ तिमी । म खुसी छु– मेरो कसैप्रति कुनै गुनासो छैन, अब तिम्रा आसपास रहने मान्छेलाई यि कुराहरु भन्ने गर र हेर के हुन्छ, अवस्य पनि तिमीले पाउने छौ मान्छेहरु तिमीदेखी टाढा टाढा भागेको, किनकी तिम्रो आनन्द र तिम्रो खुसीले उनीहरुलाई बेचैन बनाइदिन्छ । त्यसैले तिमी गुनासो गर– आफ्नो दुख पिडा, पिर व्यथा सधै उनीहरु सामु राख्ने गर, अब बल्ल मान्छेहरु तिम्रो नजिक नजिक आउनेछन्, तिम्रो पिडा हेर्नको लागि–तिम्रो पिडामा रमाउनको लागि । तिम्रो दुख देखेर मात्र उनिहरुले आफुलाई सुखी महसुस गर्नेछन्, तिम्रो पिडाले मात्र उनीहरुलाई तिम्रो उपर देखाउने मौका दिनेछ, तिम्रो बर्बादीले मात्र उनीहरुलाई आफू ठिक बाटोमा रहेछु भन्ने आभाष दिलाउनेछ, अनी तिम्रो मुर्खताले मात्र उनीहरुलाई उपदेश दिने अवसर जुटाइदिनेछ । यसर्थ आफैसँग खुसी हुनुपर्छ, कसैप्रति गुनासो गर्नुहुन्न, बरु एक्लै बाँच्नुपर्छ तर झुठो मित्रको भ्रममा पर्नु हुन्न ।

खै आजभोली कहाँ छ प्रेम ? कसले गर्छ प्रेम ? कसरी गर्छ प्रेम ? किन गर्छ प्रेम ? एउटा सानो झगडा हुदाँ या एउटा सानो कुरामा चित्त नबुझ्दा आफ्नै प्रेमीलाई छोडेर पोइला जानेलाई प्रेम भन्छन् ? अर्काकी श्रीमती अथवा प्रेमीकालाई भगाएर ल्याउनेलाई के प्रेम  भन्छन् ? म भन्दिन त्यस्तोलाई प्रेम । म मान्छु कि कुनै जमानामा प्रेम गरिन्थ्यो तर आजभोली प्रेम गरिदैन– प्रेमको नाटक मात्र गरिन्छ । मनमा गरिने प्रेम धनमा हुन्छ, लफडामा गरिने प्रेम कपडामा हुन्छ, हो यस्तै हुन्छ आजभोली । आजको मान्छेसँग अलिकति बुद्धि छ भने प्रेमको फरिया ओडेर हिड्दैन । केही काम नभएका मान्छेहरु मात्रै हुन् यसमा रमाउने, साँच्चिकै इज्जत कमाउने हो भने त निन्द्राबाट बिउझिनु पर्छ, सम्बन्धहरु हिर्काइदिनुपर्छ, त्यस्ता प्रेमलाई मिल्काइदिनु पर्छ । एउटा मामुली फोन गर्ने बिषयलाई लिएर त्यहाँ झगडा हुन्छ भने त्यो कसरी प्रेम हुन सक्छ ? त्यो त पुरै आश नभएको टाइमपास हो । दुई चार दिनको लागि देखाइएको हाँस्य टेलिशृङ्खला हो त्यो, जसबाट आफूलाई पिडा भएपनि दुनियाँलाई चाँही हेर्नको लागि खुब्बै मज्जा आउँछ.....

केही नपाउँदै बाटो, मोड्दैन उसले ।
लगानी लाको छु भन्छ, नाता तोड्दैन उसले ।।
दुनियाँले खाते र, पागल भन्दा पनि...
अह त्यो प्रेम गर्न, छोड्दैन उसले ।।

((दुनियाँले पागल नै भनेपनि....................))

कस्तो अपत्यारिलो शब्द, कोही भएन भने कोही मान्छे मुटु चल्दा चल्दै मर्छ रे । जन्मेर यत्रो भइयो, मान्छे के गर्दा बाँच्छ ? के गर्दा मर्छ ? भन्ने कुरा पनि अझै पत्ता लगाउन सकिएन । कोही मानिस चिच्चाउदै भन्छ– मलाई मात्र एक गास भएपनि खान देउ, म मर्न लागेँ । यो बाक्य सुनिरहँदा फेरी अर्को चिच्चाउँछ– म तिमी बिना एकपल पनि बाँच्न सक्दिन, भन्दै । बास्तममा जिन्दगीमा बाँच्नको लागि के अपरिहार्य छ भन्ने पनि ठम्याउन सकिएन । कुनै एक ताक एउटा बिषयमा सधै बादबिबाद हुन्थ्यो, मान्छे खानको लागि बाँच्छ या बाँच्नको लागि खान्छ ? भन्ने बिषयमा । यसमा रहेर म उर्ली उर्ली आफ्ना तर्कहरु राख्थेँ– मान्छे त खानकै लागि बाँच्छ, कति प्रेममा आँशु खान्छ, कति आफन्तको गाली खान्छ, कति शत्रुका लात खान्छ, कति भात नै खान नपर्ने गरि कसैको बात खान्छ । धेरै खान्छ यो मान्छेले, म खान्न भनेपनि खानैपर्छ उसलाई । यि प्रमाणहरु हेर्दा मान्छेले बाँच्नको लागि खाने होइन, खानको लागि बाँच्ने रहेछ ।

आजभोली त यस्तो लाग्छ, जन्म दिने बाबु आमा बाहेक अरु कुनै स्थायी सारथी नहुदो रहेछ जिन्दगीमा, अझ अरुले प्रगती गरेको देखेपछि, लाठे भएपछि, प्रेम सम्बन्ध गाँस्छु भन्दै आउने मान्छेलाई त गाला पड्काएर खेदाउन मन लाग्छ । कसैको जागीर हेरेर, कसैको रुप हेरेर, कसैको क्षमता हेरेर प्रेम गर्छु भन्ने त्यस्ताले कस्तो प्रेम गर्लान् । २÷४ दिन पछि कमजोरी पत्ता लगाएर हेप्न थाल्छन् । याद गर्नुहोला, कुनै पनि मान्छे प्रेम गर्न मात्रै आउँदैन तँपाइको जिन्दगीमा । सकेजति उ सँग भएको रिसको पावर र घमण्ड देखाउन पनि आउँछ । प्रेमको नाममा तँपाइको जिन्दगीमा जोडिएको मान्छे, प्रेम भन्दा बढि झगडा गरेर बस्छ, र एकदिन ठूलै भुकम्प ल्याइदिएर जान्छ ।

त्यस्ता प्रेमको पछि लाग्नु छैन हामीलाई– जहाँ खाली प्रतिस्पर्धा मात्रै हुन्छ । तुक न बेतुकका प्रश्नहरु सोधेर टाइमपास गरिन्छ । कसले कतिखेर भात खायो र कसले कतिखेर खान्छ भनेर सोधिरहनुपर्ने कुरा होइन, तर प्रेममा अधिकांश रुपमा यही प्रश्न सोधिन्छ । हो यही कारण बिग्रीएका छौ हामी । भात खायौ र तरकारी के खायौ भनेर सोध्दैमा समय सकिन्छ हाम्रो । परिवर्तन र बिकासका कुरा अह कसैको दिमागमा छैन । थुक्क कस्तो प्रेम गरिन्छ नि बाबै यहाँ, यदि समय नै बिताउने हो भने त किन प्रेम गर्नु पर्यो, क्यारम बोर्ड खेल्नु, जुवा तास खेल्नु नी । जुवा तासमा त कमसेकम पैसा मात्रै सकिन्छ तर प्रेममा त जिन्दगी सकिन्छ जिन्दगी । पैसा त फेरी पनि कमाउन सकिएला तर एकपटक गुमाएको जिन्दगी फेरी पाउन सकिन्न भन्ने जान्दा जान्दै किन जिउँदै मर्न खोज्छ मान्छे, हे भगवान लौन चेतना देउ यसलाई............

समयले फूल फुलाउँछ भन्दै, हेरिरहेछन् ।
हेरेरै भएपनि धोको, फेरिरहेछन् ।।
बाबु आमाले भनको, फिटिक्कै मान्दैनन्...
एउटी केटीले भनको, टेरिरहेछन् ।।

((समयले फुलाउँछ फूल भन्थेँ.....................))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter