२०७३ साल बैशाख २१ गतेको कार्यक्रम ‘नमेटिने याद’ को सुरुवाती स्कृप्ट...

बिनासित्ती कसैको, मन जलाइरहन्छ ।
घरि घरि मुटुमा, तिर चलाइरहन्छ ।।
एउटा यस्तो, रुख छ आँखामा...
जसले आँशुका, दाना फलाइरहन्छ ।।

((सम्पत्तिले आगो झै जलायो, अजम्बरी सम्झेको यो माया...........स्वर – रामकृष्ण ढकाल))

जल्नु सम्म जलेको मान्छे हुँ म, कसैको हातबाट ओल्टाइ पोल्टाइ जलेँ, कसैको नजरमा कंगाल बनेँ, कतिबाट पागल बने । यही रहेछ जिन्दगी – यिनै रहेछन् मान्छे, म दुनियाँमा हर तरिकाले बाँच्ने प्रयास गरेँ, जन्मीदा बित्तिकै खुसीले रोएँ, अल्ली ठूलो भएँ जीद्धि गर्दै रोएँ–अरुले पिटेर रोएँ, अझै उमेरका चोक्टा थपिए आफूलाई अलिकति ठूलो भएको महसुस गरेँ अनी कोही आफ्नो मान्छे नभएर रोएँ र आज त्यही आफ्नो मान्छेलाई बिदाई गर्दै हात हल्लाउँदै आँशु चुहाएर रोएँ । रुने कार्य सधै निरन्तर छ, बस् यत्ति फरक छ, हिजो अरुलाई देखाउनको लागि चिच्चाएर रुन्थे, आज आफैलाई फकाउनको लागि लुकेर रुन्छु ।

एउटा यस्तो मान्छे जो सधै अरुलाई दुख दिएर मात्रै बाँचिरह्यो – कतिलाई बढि बोलेर सतायो, कतिलाई बोल्दै नबोलेर तड्पायो । जान अन्जानमा कतिलाई प्रेममा धोका दियो । नबोल्ने कतिलाई पटक पटक बोलाइरह्यो, फोकटको सम्बन्धमा एकोहोरो टोलाइरह्यो । मुर्छा परि परि हाँस्यो, छाती पिटि पिटि रोयो, बस् त्यही गरिरह्यो आफूपनि अरुजस्तै बाँचेको अभिनय गरिरह्यो । हो यो त्यही महेश हो जसले मित्र भन्दा धेरै शत्रु कमाएको छ । पैसाले कमाइने मित्र र सित्तैमा कमाइने शत्रुमा के भिन्नता छ भन्दै बहुदै खोजीयो जिन्दगीमा । मित्रले पछाडीबाट छुरा रोप्छन्, शत्रुले अगाडीबाट रोप्छन् भन्ने निष्कर्ष पनि आएथ्यो त्यहाँ, यो निष्कर्षले मित्र भन्दा शत्रु बलवान र निडर हुदाँ रहेछन् भन्ने अडान निस्किएथ्यो, तर जिन्दगीमा प्रगती गर्नको लागि शत्रु चाहिन्छन् कि मित्र चाहिन्छन् भन्ने कुरा भने अझै बुझिएन ।

‘मलाई मित्र सँग बचाउ शत्रुको सामना म आफै गर्न सक्छु’ भन्ने प्लेटोको भनाइसँग ठोकिएर लडेपछि मित्र भन्दा शत्रु पो आवश्यक रहेछ जिन्दगी जिउनको लागि भन्ने हेक्का भएथ्यो, फेरी शत्रु धेरै भएर लामखुट्टे झै रगत चुसेपछि खोक्रो भएका म जस्ता केही मान्छेलाई बचाउनको लागि र आँशु पुछ्नको लागि गतिलो मित्र पनि चाहिदो रहेछ भन्ने हेक्का चाही आजभोली हुदैछ । ‘मरेपछि मसानघाट लैजानको लागि पनि चार जना मित्र चाहिन्छन्’ भन्ने लेलिनको भनाइले त छाँगाबाट खसेजस्तो भएँ म । यि दुबै भनाई पढ्दा, शत्रु र मित्र दुबै उत्तिकै आवश्यक हुदाँ रहेछन् भन्ने चेत भएथ्यो, शत्रुले अगाडी बढ्न दिदैनन् – मित्रले पछाडी हट्न दिदैनन्, बास्तममा यि दुबैले बिचमा राखेर किचिरहन्छन् । कोही हेरेर देखावटी रुपमा हाँस्छन्, कोही रोएको नाटक गरेर लुकी लुकी हाँस्छन् । बिडम्बना दुखी सधै दुखी नै भइदिन्छ........

बाहिर बाहिर कुरा काट्दै, बात लगाउँछन् ।
अझै बढि बोल्छस् भन्दै, लात लगाउँछन् ।।
अब हेप्न सकिन्न भन्ने, जानेपछि बल्ल...
लुक्दै पछाडीबाट धारे, हात लगाउँछन् ।।

((तुसारोले खाएजस्तै खाने रैछ मन, आफ्ना पनि पराइ बन्ने पापी लाग्यो धन............))

एउटा बाक्य सुनेको थिएँ, ‘एउटा छेपारोले आत्महत्या गरेछ, सँगै उसले एउटा वाक्य लेखेर मरेछ, रङ बदल्ने कलामा मैले मान्छेसँग प्रतिस्पर्धा गर्न सकिन ।’ यो भनाई कतिको बास्तविक हो राम जानुन । नेपोलियन बोनापार्टले भनेको छन्, संसारमा सबै कुरा सम्भव छ तर समय छदै गर्नुपर्छ । मानिसहरु जिवन बाँचेर मरिन्छ भन्छन्, तर मरेर बाँचेको पत्तो छैन उनिहरुलाई, बाँचेको छ भन्दा भन्दै हजारौ पटक मरेको थाहा नपाउने मान्छे, अन्तिम मृत्युलाई जिबनको अन्तिम विन्दु मानेर दौडिरहेको छ, आफ्नो बर्तमानलाई वास्तै नगरी भविश्यको आशामा कुद्दै योजना बनाउने मान्छे र जिवनको अन्तिम अवस्थामा सबै सपना अधुरो बनाएर मर्ने यो यस्तो प्राणी हो, जसले हरेक आफ्नो सारथीलाई धोकै दिएर मार्छ ।

कति बैगुनी भइस् नि बाबै तँ, हामी दुबैलाई भगवानले बनाएको हो, र पनि हामी दुबै एक अर्काको स्वार्थमा अडिन छौँ, न तैँले बोलाएको मैले सुन्छु – न मैले बोलाएको तैँले सुन्छस्, हामी दुबैजना दाम्ले मिठाइ बटारिए जस्तै बटारिएछौँ । न त्यो रिसाएर हामीलाई खानु छ, न त्यो सँग रिसाएर हामीलाई फाइदा हुनु छ, तर पनि हामी दुबै काटाकाट गर्छौ, मारामार गर्छौँ । बरु मर्छौ तर आफ्नो भूल कदापी स्वीकार गर्दैनौ, कहिलेकाँही यस्तै कुराले साह्रै बिरक्त बनाउँछ ।

फेसबुक खोल्छु अनी पढ्छु, पाउजु हजार रुपैयाँमा आउँछ तर खुट्टामा लगाइन्छ, टिका १ रुपैयामा आउँछ तर पनि निधारमा सजाइन्छ, त्यसैले कुनै पनि बस्तुको मूल्यले मतलब राख्दैन, मूल्य त उसको नामले र कामले राख्छ । एउटा पुस्तकालयमा भएका पुस्तकहरु ‘गिता’, ‘बाइबल’, र ‘कुरान’ ले एकआपसमा कहिलै झगडा गर्दैनन्, तर यि किताबहरु जसले पढ्छ उनीहरु एकआपसमा सधै झगडा गरिरहन्छन्, कारण यि किताव पढ्ने बित्तिकै उनीहरुको धर्म परिवर्तन हुन्छ । नुन जस्तो चर्को ज्ञान दिने मान्छे नै असल मित्र हुन्छ रे, मिठो बोली बोल्ने त झन खराव निस्कन सक्छ, इतिहास साँची छ कि अहिलेसम्म नुनमा कहिलै किरा परेको छैन, तर मिठाइमा त सधै किरा परिरहेकै हुन्छ । अनी अर्को बिचार जसले पटक पटक झस्काइरह्यो मलाई, रक्सी बेच्ने मान्छे कहि जादैन, तर दुध बेच्ने मान्छे चाँही गल्ली–गल्ली, घर–घर, कुना काप्चा जानुपर्छ, त्यही पनि उसैलाई बारमबार सोधिन्छ–‘दुधमा पानी त हालेको छैनौ नि ?’ भनेर । तर रक्सीमा आफ्नै हातले पानी हाली–हाली पिउँछन् मान्छे, वा हाम्रो समाज– हाम्रो रितिरिवाज, कहाँ जादैछ । मान्छेलाई रक्सी खुवाइन्छ, भगवानलाई दुध चढाइन्छ । म फेरी पनि भन्छु मान्छेले बनाएको भगवानको मुर्तीमा गाइको दुध चढाउदैमा मनले आँटेको पुग्ने भए, छोरालाई आफ्नो दुध खुवाएका आमाहरु वृद्धाश्रम पुग्ने थिएनन् होला....

जता पैसा लुरु लुरु, उतै धाइन्छ ।
भन् धोकेवाज यसमा, के पाइन्छ ।।
तब उसले, थप्पड हिर्काउदै भनेथ्यो...
कात्रो किन्न पनि साले, पैसै चाहिन्छ ।।

((धनी भए हेर्ने रैछन् आफन्तले पनि, खोजी गरि भेट्ने रैछन् साथी संगी पनि.........))
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter