आयो कोही मनमा एउटा, चोक बनाएर ।
फेरी निस्केर गयो मलाई, बिजोग बनाएर ।।
लौन सर्बस्व गुम्यो भन्दै, रुदै थिएँ म...
दौडियो उ त जानै पर्ने, संयोग बनाएर ।।
((छुट्छ कि साथ, टुट्छ कि नाता...........))
फेरी निस्केर गयो मलाई, बिजोग बनाएर ।।
लौन सर्बस्व गुम्यो भन्दै, रुदै थिएँ म...
दौडियो उ त जानै पर्ने, संयोग बनाएर ।।
((छुट्छ कि साथ, टुट्छ कि नाता...........))
सबैले सबैको अस्तित्व गुमाएको दुनियाँ हो यो, यहाँ जतिखेर जे पनि हुन
सक्छ, म भर्खर कार्यक्रममा बोलिरहेको छु – बोल्दा बोेल्दै म बोल्नै नसक्ने
पनि हुन सक्छु । र तँपाई अहिले मलाई सुनिरहनुभएको छ – तँपाई सुन्नै नसक्ने
पनि हुन सक्नुहुन्छ । यो यस्तो जमाना हो यहाँ खुद आफ्नै शरिरले धोका दिन्छ,
आफ्नै जिन्दगीले धोका दिन्छ अनी सारा दुनियाँले धोका दिन्छ । हो यही पिडा
सहन नसकेर कति रुन्छन् कति । अरु बेला भित्र भित्रै गहका आँशुहरुले आँखा
रुझाएर रुने मान्छे, जब एकदिन आफ्नै नजिकको मान्छे अजिङ्गर भएर सिध्याउन
लाग्छ– तब चिच्चाउँछ उ, यति चिच्चाउँछ कि उसको चित्कार सुन्दा मुटु भित्र
भुइचालो आउँछ । मलाई थाहा छ, प्रत्येक एक एक मान्छेको मुटुभित्र भुइँचालो
आउँछ । तर कहिलै उसको अन्तर मनले सहानुभुती व्यक्त गर्दैन, बरु उसलाई एउटा
चलचित्रको पात्र बनाएर दोसल्ला ओडाइदिन्छ, वा यस्तो छ मान्छेको महानता ।
यहाँ अगाडीबाट छाती फुल्लाएर लड्ने मान्छे भेट्टाउन गाह्रो छ, यो मान्छेले
जसलाई पनि धोकै दिएर मार्छ । एउटा चरालाई लुकेर मट्याङ्ग्रा हान्छ, एउटा
जनावरलाई लुकेर पासो थाप्छ, आफुले मार्न नसक्ने कतिलाई विषको प्रयोग गर्छ,
अनी कति कति मान्छेलाई चाही भित्र भित्रै सुरुङ खनेर गरलाम्मै ढलाइदिन्छ ।
तिनीहरु कहिलै उठ्न सक्दैनन्, जिन्दगीभर यसरी नै जिउँदै मरिरहन्छन् उनीहरु ।
हरेक मान्छेको एउटा स्वभाव हुदो रहेछ, मान्छे जस्तो सुकै होस, बाहिरी देखावटी रुपमा जे गरेपनि, भित्र चाँही आफू संसारकै एउटा प्रतिष्ठीत मान्छे भएको र आफूभन्दा ठूलो कोही नभएको भनेर गौरवबान भइरहेको हुन्छ । त्यसैले पनि आजको दुनियाँमा कसैले पनि कसैको मतलव राख्दैन, किनकी एउटा मान्छेले सधै अर्को मान्छेको कुरा काट्नमा नै व्यस्त भइरहेको हुन्छ । मलाई थाहा छ, तँपाई कतिपटक आफ्नै बाबु आमाको सम्म पनि कुरा काट्नु भएको छ – अरुको त कुरै छोडौ । कति पटक काट्नुभयो उहाँका कुरा क–कसलाई सुनाउनु भयो, आखिर खै के पाउनु भयो, एकैछिन बोल्दाको मज्जा तर तँपाईले आफ्नै भगवानको अपमान गरेको कहिलै सम्झनु भएन ।
हो निश्चय नै तँपाईलाई, पाप लाग्ने छ ।
जन्मदिने बाबु आमाको, श्राप लाग्ने छ ।
लौ हेरौ त्यतीखेर, कसरी हुनुहुन्छ तँपाई...
कुनै दिन त पक्कै पनि, पश्चाताप लाग्ने छ ।।
हरेक मान्छेको एउटा स्वभाव हुदो रहेछ, मान्छे जस्तो सुकै होस, बाहिरी देखावटी रुपमा जे गरेपनि, भित्र चाँही आफू संसारकै एउटा प्रतिष्ठीत मान्छे भएको र आफूभन्दा ठूलो कोही नभएको भनेर गौरवबान भइरहेको हुन्छ । त्यसैले पनि आजको दुनियाँमा कसैले पनि कसैको मतलव राख्दैन, किनकी एउटा मान्छेले सधै अर्को मान्छेको कुरा काट्नमा नै व्यस्त भइरहेको हुन्छ । मलाई थाहा छ, तँपाई कतिपटक आफ्नै बाबु आमाको सम्म पनि कुरा काट्नु भएको छ – अरुको त कुरै छोडौ । कति पटक काट्नुभयो उहाँका कुरा क–कसलाई सुनाउनु भयो, आखिर खै के पाउनु भयो, एकैछिन बोल्दाको मज्जा तर तँपाईले आफ्नै भगवानको अपमान गरेको कहिलै सम्झनु भएन ।
हो निश्चय नै तँपाईलाई, पाप लाग्ने छ ।
जन्मदिने बाबु आमाको, श्राप लाग्ने छ ।
लौ हेरौ त्यतीखेर, कसरी हुनुहुन्छ तँपाई...
कुनै दिन त पक्कै पनि, पश्चाताप लाग्ने छ ।।
(( खुसी जति भएता पनि, तिमी बिना हाँस्न गाह्रो.........
नाता टुट्छ कि टुट्दैन यहाँ ज्योतिषिलाई सोधिन्छ । हरेक मान्छे कति सम्मको स्वार्थी हुन्छ्न आज म तँपाईलाई बताउँछु । मैले बजारमा कति हो कति भुस्या कुकुरहरु देखेको छु, कति पटक उनीहरुसँग जम्काभेट भएको छ मेरो, बजारमा गल्ली गल्ली चाहार्ने ति कुकुरहरुलाई कुनै दिन घरबाट खेदाएथ्यो कसैले । आजभोली पनि बाटो बिराएर ति कुकुरहरु कसैको घरमा पुगे भने ढुङ्गा र लौराहरु टाउकोमा बजारी बजारी लखेट्छन् त्यहाँबाट – थाहा छ जब कुकुर तिहार आउँछ नि, तब बजार बजार कुकुर खोज्न हिड्ने मान्छेको लाइन लाग्छ । त्यतिखेर आफ्नो घरमा कुनै कुकुर आउँछन् कि भनेर पर्खेर पनि बस्छन् मान्छेहरु । यति सम्मको स्वार्थ छ मान्छेमा जब कुकुर तिहार सकिन्छ फेरी उसैगरी खेदाउँछन् कुकुरलाई निल डामै निल डाम हुनेगरी पिटेर ।
यहाँका मान्छेको चर्तीकला देख्दा मलाई यस्तो लाग्छ– यहाँ प्रत्येक मान्छे पनि भुस्या कुकुर नै त हुन्, किनकी एउटा मान्छेले एउटा परिवार पालेको होला, आफ्ना सन्तान पालेको होला, तर परिवार र सन्तान पाल्ने त्यही मान्छेलाई अर्कैले पालीरहेको छ । उसको एक महिनाको तलव रोक्का गरिदिनु पर्छ – उसको पनि त्यही भुस्या कुकुरको जस्तो हाल हुन्छ । जाबो आफ्नो सन्तान त कुकुरले पनि त पाल्छ नि, आफ्नो जिविका चलाउन अरुमा निर्भर रहनु पर्छ भने त्यो कुकुर र मान्छेमा के भिन्नता भयो ।
आज बल्ल थाहा पाएँ किन भगवान महादेवले विषसहितको आफ्नो गलाको सर्पलाई पृथ्वीमा पठाए– यस्तै बैमानी मान्छेहरु भएर रैछ । हुन त यहाँका प्रत्येक मान्छेहरु बैमानी छन्, अरुको प्रगती फिटिक्कै देख्न चाहादैनन् उनीहरु । यदि कोही मान्छे नयाँ ज्ञानको आविश्कारमा लाग्यो भने आफ्नो सम्पूर्ण पावर लगाएर जसरी पनि त्यो काम रोक्न बाध्य बनाउँछन् उनीहरुले । इतिहासमा राइट दाजुभाईले हेलिकोप्टर बनाउँदा कतिले पागल भने, थोमस एल्भा एडिसनले विजुली बत्तीको आविस्कार गर्न लाग्दा कतिले उनलाई दिमाग फुस्केको पनि भने, कतिले अल्वट आइस्टाइनलाई मन्द बुद्धिको केटो पनि भने । अचेल जहाँ तही यस्तै भाइरसले सखाप पार्यो । प्रेममा प्रमीहरु भन्छन् म तिमीबिना एकपल पनि बाँच्न सक्दिन, जब त्यो प्रेम टुङ्गीन्छ अर्कैतिर आँखा डुलाएर उसलाई पनि पुरानै वाक्य दोहोर्याउँछन् । यो डाइलग पुरानो भइसक्यो, तिमीहरुको नयाँ डाइलग के छ प्रेम जालमा फसाउँने, त्यसलाई पनि सुनाउँ आज म सब्बै सुन्न चाहान्छु ।
यो मान्छे कसले बनायो, यि आखाँ कसले बनायो ।
लात हानेर फेरी त्यसलाई, पाखा कसले बनायो ।
यहाँ मान्छे द्धारा मान्छेकै, खिल्ली उडाइन्छ...
लौन यो दुनियाँमा, तमासा कसले बनायो ।।
(( देख्न पाए बुझ्थ्यो होला परेलीका भाकाहरु........