लौ पढ्नुहोस २०७२ साल मंसिर २२ गतेको कार्यक्रम नमेटिने यादको सुरुवाती स्कृष्ट...

मनले नचाहेको पनि, रोज्नुपर्छ कहिलेकाँही ।
खुट्टैमा पनि कसैलाई, ढोग्नुपर्छ कहिलेकाँही ।।
कठै त्यो पिडामा, कसलाई दुख्दैन होला...
घात अनी लातहरु, भोग्नुपर्छ कहिलेकाँही ।।


(मैले बा आमा त्यागेर रोजेको...........स्वर – स्वरुपराज आचार्य))


मैले आजसम्म धोकाको महत्व बुझिन, मलाई यत्ति थाहा थियो धोका दिनु नराम्रो हो, तर आज आएर बुझ्दै छु धोका दिएर जाने भन्दा धोका पाउने मान्छे कति हो कति दक्ष भइदिदो रहेछ प्रेममा । त्यसैले यो निष्कर्ष निकाल्दै छु – धोका दिनु भन्दा धोका पाउनु पो ठूलो कुरा रैछ । मैले कतै सुनेको जिन्दगीमा साना तिना लडाँइ हारिन्छ, हार्नु पनि पर्छ किनकी त्यसले हार सहन सक्ने सामथ्र्य बढाउँछ, अनी किन हार्नु हुदैन भन्ने पाठ बढो घतलाग्दो पाराले सिकाउँछ ।

 
के गर्ने बरै यस्तै छ प्रेम, कसैको व्यक्तिगत मनलाई आफ्नो बनाएर, विवाह गर्ने आश्वासन दिदै, उसैसँग प्रेम गरेर तँ मेरो होस अरुसँग बोल्दा पनि नबोल् भन्ने जस्ता डाइलग पेलेर, बाह्र घण्टाको निन्द्रामा सयौ जुनीका सपना देखेर, कसैलाई मुसो खेलाएजस्तै खेलाएर कि त मार्छ, कि त आजित हुन्छ र अन्त्यमा केही गर्न नसकेर हार्छ – यही हो प्रेम, दुनियाँको चोखो भनाउँदो प्रेम । मैले आज आएर एउटा कुरा प्रष्ट पार्छु कि, मान्छे रुपले उसलाई ठूलो बनाउने हैन रैछ । मैले देखेको छु कति राम्रा मान्छेहरु उनीको भुइमा खुट्टा हुदैन, मान्छे जमिनमै भएपनि आकाशमै पुगेजस्तो गर्छन उनीहरु, मान्छे रुपले ठूलो हुदैन व्यवहारले ठूलो हुन्छ भन्ने ज्ञान कसले सिकाओस उनीहरुलाई । उनीहरुलाई सिकाउँन एउटै बस्तुले सक्छ – त्यो हो समय । जब समय बुर्कुसी मारेर फुत्त भाग्छ नि, त्यतिखेर थाहा पाउँछन् उनीहरुको सुन्दरता कसरी चाउरिदो रैछ ।


अरे सकिएको जाने जिन्दगीको कति लालच गर्छौ, कसैले बोलाउँदा एक बचन त बोलिदेउ, बोल्न त पक्कै पैसा लाग्दैन होला नि, यदि लागेछ भने पनि तिम्रो केही सकिदैन मात्र चुइगम खाने पैसा बचत गरे पुग्छ । जाँदा जाँदै एउटा कुरा सुन – अनुहारले चरित्र बताउँदैन, मान्छेको मन चिनेपछि भयो अनुहार हेर्नु आवश्यक छैन । मेरो बुबाले भन्नुहुन्थ्यो ‘केही पाउनको लागि केही गुमाउनु पर्छ तर मैले यो कुरालाई मानिन किनकी मलाई दुबै चिज चाहीन्थ्यो ।’ बिनोद चौधरीले आफ्नो आत्मकथाको सुरुवातमा बोलेको उक्ती हो यो । बास्तममा जो मान्छे परिवार र समाजले तोकेको साँगुरो घेराबाट बाहिर आउँछ र संसारलाई नियाल्छ, उ नै इतिहासको नायक बन्छ । जाबो अर्कैले बनाइदिएको सुन्दरताको घमण्ड गर्नेहरु एकदिन आफै पतन भएर जान्छन् । मैले पढेको थिएँ ‘जब आपत पर्छ सम्झनुस तँपाइको अग्नी परिक्षा हुदैछ, स्कुलको परिक्षा जस्तो सजिलो हुदैन जिन्दगीको परिक्षा घोकेर होइन सोचेर हल गर्नुपर्छ ।’ सम्झनुस तँपाइ धोकासँग लड्नको लागि जन्मनुभएको हो, धोका पाएर सुलीमा चढ्नको लागि होइन......


आमा भन्थीन् हेर् बाबु, प्रेम बिक्दो रैछ ।
माया देखाएर सबैले, तरबार झिक्दो रैछ ।।
केही सिप नलागेपछि, निराश हुदै बा ले भन्थे...
हेर्दै जा तेरो प्रेम, कति दिन टिक्दो रैछ ।।


((बा ले भन्थे, यो तेरो प्रेम..........
......................))


जिन्दगीको पहिलो मोडमै धोका खाइएछ, पिरतीको बाटो हिड्दा कहाँ पुगेर अन्धो भइयो पटक्कै हेक्का छैन मलाई । थाहा नपाइ जिन्दगीले डाँडा काटिसकेछ । जिन्दगीका टक्क उभिएर प्रेमका बिषयमा धेरै कुरा लेखियो, प्रेम कुनै आवेगमा आएर गरिने बस्तु होइन, यो न बजारका किन्न पाइन्छ – न मागेर नै पाइन्छ, यो त व्यक्तिको भित्री आत्माबाट अप्रत्यासित रुपमा प्रस्फुटन हुने आन्तरिक भावना हो । यो दुई चार जना व्यक्तिले, कालो धब्बा लगाउने कुचेष्टा गर्दैमा कलङ्कित हुदैन, हुन्छ त केवल मान्छेको सोचाईमा ।


टपक्क टिपेर मनमा राखेजस्तो कहाँ सजिलो हुदो रैछर, टपक्क टिपेर कसैलाई मिल्काउन । यति नै बेला रामकृष्ण ढकालको एउटा गित गुनगुनाउन पुग्छु म । ‘यो सम्झने मन छ, म बिर्सु कसरी’ । लाग्दैछ जिन्दगीको कुनै सिमितता हुदैन परिकल्पना हुदैन, र यसको कुनै निर्धारित मिति पनि हुदैन । मान्छेले लिएर आएको देह कतिन्जेल भौतिक रुपमा जिवित होला भन्ने, न त स्वयम देह धारण गर्ने व्यक्तिलाई थाहा छ, न त दोस्रो व्यक्तिलाई न । मैले जिन्दगीको यो क्षणमा आएर सम्झीन्छु – आजभोलीको प्रेम एउटा हजमोला जस्तो भइरहेको छ, जे आउँछ मज्जाले पचाउँछ भनेजस्तै । अह पटक्कै नसकिदो रैछ बाबै यो प्रेम सँग भिड्न । एउटा कुरा भन्छु, प्रेम बुझ्ने मान्छेले धोका बुझ्दैन, फेरी धोका बुझ्ने मान्छेले कहिलै प्रेम बुझ्दैन । प्रेम एउटा सिकारी रहेछ, हामी एक सिकार रहेछौँ । हेर्नुस आकाश र पातालको धेरै अन्तर हुदो रहेछ, चाहेर पनि मिलनको कुरा असम्भब रहेछ, खोलाको दुई किनाराको पनि कहिलै मिलन हुन नसक्दो रहेछ । आखिर पाउनु र हराउनु मात्रै रहेछ जिन्दगी । छुटेर गएपछि सम्झनामा तड्पी तड्पी मनको बेदना कम गर्नु मात्रै रहेछ जिन्दगी ।


देश भताभुङ्ग भएको छ, जिबन भताभुङ्ग भएको छ, प्रेम हेर्छु प्रेम पनि त्यस्तै छ, चाहाना र सपनाहरु बादल र चट्याङ् कराए झै चकनाचुर भएका छन्, र पनि अझै एउटा कुरा सम्झीरहेछु, सबै पिडाहरु हानीकारक हुदैनन्, कुनै पिडाहरु यति लाभदायक हुन्छन् कि, जसको मद्धतले हाम्रो शरिरमा जमेर बसको सबै पिप, निचोरेर फ्याकिन्छ....


फूलको अगाडी म त, काँडा भएको मान्छे ।
देख्नै नसहेर कसैले, टाढा भएको मान्छे ।।
हरियो देख्दा लुछ्नेहरु, धेरै भेटे जिन्दगीमा...
लुछ्दा लुछ्दै कठै नाङ्गो, डाँडा भएको मान्छे ।।


((माया गरेथेँ, संसारै भुली...........
.......................))

मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter