बाँदरमाथि गरिएको इबोला विरुद्धको औषधीको परीक्षण सफल

वैशाख १० – बाँदरमाथि गरिएको इबोला भाइरस विरुद्धको औषधी परीक्षण सफल भएको छ । इबोला विरुद्धको औषधी बाँदरमा २८ दिनसम्म गरेको परीक्षणपछि वैज्ञानिकले यस्तो बताएका हुन् । अमेरिकाका बैज्ञानिकका अनुसार मानव शरीरका लागि घातक इबोला विरुद्धको औषधी ३ वटा बाँदरमा परीक्षण गरिएको हो । उनीहरुले औषधी परक्षिण गरीएका ३ वटै बाँदर जीवित र स्वस्थ रहेका बताएका छन् । यो औषधीको परीक्षण सफल भएसँगै पश्चिम अफ्रिकाका इबोला प्रभावित विरामीलाई राहत पुग्ने विश्वास लिईएको छ । तर बाँदरमा यो औषधीको परीक्षण सफल भए पनि मानव शरीरमा भने परीक्षण नगरिएको वैज्ञानिकले बताएका छन् । इबोलाका कारण मार्च सन् २०१४ देखि यता १० हजार ६ सय २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लाइबेरिया, गिनी, सेरालियोन, नाइजेरिया, अमेरिका र मालीका छन् ।




Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter