ताप्लेजुङ सदरमुकाममा लागेको आगो नियन्त्रणमा, दर्जनौ परिवारको विचल्ली

महेश भुसाल 
रेडियो देउराली अर्घाखाँची चैत १० – २०७१

ताप्लेजुङ सदरमुकाममा सोमबार राती भीषण आगलागी भएको छ । बेलुकी साढे ७ बजेदेखि शुरु भएको आगलागीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको तोक्मेडाँडा क्षेत्रका झण्डै चार दर्जन घर ध्वस्त भएका छन् । अहिलेसम्म ४५ वटा घर जलेर नष्ट भएको पुष्टी भएको छ । घर जलेपछि दर्जर्नौ परिवारको विचल्ली भएको छ । राती साढे १० बजेतिर मात्र आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट कति क्षति भयो भन्ने विवरण आएको छैन । क्षतिको विवरण संकलनको काम भैरहेको छ । 
सदरमुकाम फुङलिङको पूर्बेली होटलबाट आगलागी सुरु भएको भनिएपनि यकिन हुन सकेको छैन । आगलागीले तोक्मे क्षेत्रमा रहेका तीनवटा सरकारी कार्यालय लगायत आधा दर्जन गैर सरकारी र सयौं पसल तथा सामाजिक संघसंस्थाका कार्यालय समेत जलेका छन् ।

आगो नियन्त्रण गर्न नरेन्द्र गुरुङको घर भत्काई अघि बढ्न नदिने प्रयास गर्दै गर्दा आगो तोक्मेडाँडा क्षेत्रतर्फ बढेको थियो । आगोले तोक्मेडाँडाको बजार लाग्ने क्षेत्रदेखि दायाँबायाँ रहेका घर ध्वस्त बनाउँदै नरेन्द्र गुरुङको घर आसपास रहेका सबै घर जलाएको छ । तिव्र गतिमा हावा चलेको र पानीको अभावका कारण आगो नियन्त्रणमा लिन कठिनाई भएको थियो । दमकल नभएको यो जिल्लामा आगो नियन्त्रणमा लिन डोजर लगाएर घर हटरा भत्काईएको छ ।

आगलागीले जिल्ला विकास समितिको कार्यालयको पूरानो भवन, उर्जा तथा वातावरण शाखाको कार्यालय तथा स्थानीय शान्ति समितिको कार्यालय जलेका छन् । आगलागीले हाम्रो फोटो स्टुडियोको तल्लो भागमा रहेको नेपाल पत्रकार महासंघको कार्यालय समेत ध्वस्त भएको छ भने निलम न्यौपानेको घरमा रहेको रेडपाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च तथा जनमुखी कृषि सहकारी संस्थाको कार्यालय र प्रभु मनि ट्रान्सर्फर रहेको कार्यालय समेत ध्वस्त बनाएको छ ।



Comment
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter