न बाँचेको छ, न मरेर जान्छ ।
जिन्दगी भरलाई पुग्ने गाली, गरेर जान्छ ।।
आउँदैन फर्केर, न बोलाउँदा सुन्छ...
चैत मासको हुरी जस्तै, बनेर जान्छ ।।
((तिमी मेरो भयौ भने, दुखैमा पनि हाँस्न सक्छु..............स्वर दुर्गा खरेल))
तिम्रो साथ बिनाको यो जिवन बटारिएको रुख जस्तै हो, जसले बाँच्न त पाउला तर हाँस्न पाउँदैन, सायद मेरा पनि यस्तै भए दिनचर्याहरु । अनगिन्ती सपनाहरुको भारी बोकेर दौडिदा दौडिदा म पनि त्यही बटारिएको रुख जस्तै भएछु, देख्नेहरुले मज्जैले प्रवचन सुनाउँछन् र बटारिएको मलाई अझै बटारेर जान्छन् । थाहा छैन म कहिलेदेखी एउटा तरकारीको खोस्टो जस्तै भएँ, कसैको भोक मेटाउनको लागि मुख सम्म त पुगेँ तर त्यही व्यक्तिले मलाई लुछेर फ्याकिदियो तरकारीको खोस्टोजस्तै । कुनै व्यक्तिको मुटुमा पुगेर सुस्ताउने सपना एकाएक चकनाचुर भयो, जव मुखबाट लुछिएँ तव एकाएक मलखातोमा पुगेँ – त्यतिनै बेला केही चस्कियो मन, र पनि म कहिलै दुखित भइन किनकी आफुलाई एउटा उत्कृष्ट मल बनाउने प्रयासमा लागिरहेँ म । केही दिन, केही हप्ता, केही महिनाको ठूलो प्रयासपछि यही मान्छेको आवश्यकता तर कसैले देखी नसहने उत्कृष्ट मल बन्न पुगेँ जसलाई धौ मानी मानी बारीमा लगेर खनाइयो – अनी उव्जाइयो तरकारी म पुन तरकारीको खोस्टो भएर रहन थालेँ । मलाई एउटै कुराको दुख लाग्थ्यो म मान्छेको भोक मेटाउने कुनै त्यस्तो बस्तु हुन पाइन – म लगातार यस्तै भइरहेछु मान्छेको मुखमा पुग्छु लुछिन्छु अनी मलखातोमा पुग्छु अनी मल बनेर बारीमा पुग्छु अनी फेरी त्यही तरकारीको खोस्टोमा पुर्नजिवीत हुन्छु । जस्तो यो उदाहरण छ ठिक त्यस्तै छ मेरो जिवन पनि, मान्छेहरु आउँछन् मात्र यादहरु छोड्नको लागि अनी बाटोहरु मोड्नको लागि । यो तमासा पनि कती हेर्छ मान्छेले उसलाई थाहा छ सबैको दुखाई एउटै हो, तर पनि कसैलाई चिउरी पेलेझै पेल्न भने कहिलै छोड्दै न उ । मैले कुनै दिन भनेको थिएँ यो संसारमा सपना देख्न त छुट छ तर जव यथार्थ आउँछु त्यतिखेर सारा छुटहरु छुट्दा रहेछन् । हो म पनि आज छुटेको छु मेरा सपनाहरुसँग । सपना म पहिले पनि देख्थेँ मात्र निन्द्राहरुमा र पछि तिमी आयौ अनी तिमीलाई देख्न थालेँ सपनाहरुमा र जव तिमी फुत्त निस्केर गयौ तव म आज आफ्नो स्थिती र बिवसतालाई सपनामा देखिरहेको छु तर यि सपनाहरुले मलाई सपनामा र यथार्थमा तिमीलाई देख्न पाउने सपनाबाट बिमुख गराएका छन् । मलाई याद छ कुनै दिन तिमीले भनेथ्यौ ‘मलाई बिर्सिदेउ, अनी मैले देखाएका सपनाहरुलाई पनि ।’ थाहा छैन त्यतिखेर कती विज्यो शब्द मुटुमा हो त्यही दिनदेखी म बिसर्ने कलाको कक्षा सिकिरहेछु......................
आफ्नै रहस्य आफैले, लुकाएको मान्छे हुँ म ।
फोकटमा आँशुहरु, सुकाएको मान्छे हुँ म ।।
थाहै भएन झुठो, प्रेम गर्नु पर्छ भन्ने.....
साँचो प्रेम गरि कसैको मन, दुखाएको मान्छे हुँ म ।।
((भन्नै पर्ने केही कुरा, लुकाएँ कि मैले..........................))
आजकल किन किन म आफ्नो परिचय खोजिरहेको हुन्छु, आफुलाई आफ्नै आँखाले देख्ने हुन खोजिरहेको हुन्छु, मैले आजसम्म ऐनामा नहेरी आफ्नो अनुहार देखेको छैन, मैले कतै सुनेको थिएँ एउटा जंगलमा दुईओटा सिंहको राज हुदैन, जंगल छिरेपछि सबै सिंह भनाउँदाहरु स्यालभ भएर बस्दा रहेछन्, सबै सिंह सबै राजा । डोकाले छोपेका चल्ला जस्तै हौँ हामी, डोको नै आगो लाग्दा पनि सधै मौन भइरहन्छौँ, कहिले आउला उड्ने दिन, कहिले आउला तिनीहर सिंह होइनन् स्याल हुन् भनेर बुझाउने दिन । मेरो सानै देखी एउटा प्रतिक्रिया रहन्थ्यो यि नेताहरुले घुस खान्छन् कि भुष खान्छन् जती खाएपनि कहिलै नअघाउने । म नेपाललाई सलुट गर्छु तर यहाँ जन्मीएर आफुले आफुलाई पश्चातापको ज्वालामा जलाइरहेछु – हो यो साँच्चिकै सतिले सरापेको देश हो, काजी भिम मल्लको घाँटी रेटाउनेहरुको देश हो यो, भिमसेन थापालाई आत्महत्या गराउनेहरुको देश हो यो, मदन भण्डारीको हत्या भएको देश हो यो, यो नेपाल हाम्रो होइन, यो त बिरेन्दं्रको बंशजको रगतमाथी होली खेल्नेहरुको हो, कालापानी सुस्ता र दशगजा बेच्ने नेताहरुको हो, गण्डकी, कोशी, कर्णाली र काली बेचेर महान नेता बन्नेहरुको हो, २ करोड ६५ लाख जनताको रगत पिएर सभा भवनमै कुटाकुट गर्नेहरुको देश हो यो । डा. चित्र प्रसाद वाग्लेहरुले उपचार खर्च नपाई मर्नेहरुको देश हो यो अनी हाँस्छिउ गर्दा पनि उपचारमा अमेरिका, थाइल्यान्ड र जापान र जाने नेताहरुको देश हो यो । हो यो साँच्चिकै सतिले सरापेको देश हो यो, सर्वोच्च अदालतकै न्यायधिस रणबहादुर वमको हत्या भएको देश हो यो, सुनकोशी सखाप हुदाँ पनि डिनरमा मस्त हुने र एउटा गुण्डा मर्दा सरकार हल्लाउनेहरुको देश हो यो, धिक्कार छ नेपाल आमा तिमीलाई धिक्कार छ, भो अव यस्ता कपुतहरु नजन्माउ, आफ्नै माताको अस्मित बेचेर मालामाल हुने कपुतहरु भो चाहिएन हामीलाई – भो चाहिएन ।
म सुनाउँदै थिएँ तिमीलाई देशका केही गन्थनहरु ६०१ सभासद मध्ये तिमी कसको छिमेकी हौ त्यो त मलाई थाह छैन, तर त्यस्तै गुण तिमीमा पनि रहेछ, मलाई थाहा छ प्रेममा त्याग्न पनि सक्छु पर्छ तर प्रेम कुनै पुतलीको खेल पनि त होइन नि, मन लागेको बेला खेल्ने – मन लागेन छोडेर हिड्ने, फगत केही छैन म यस्तो ठाउँमा जन्मीएको छु जहाँ धोका सिवाए केही पाउँदिन म........
जित्ने सपना देख्नु तर, हारिनु पर्छ ।
कसैको तिखो बचनले, मारिनु पर्छ ।।
के गर्ने यो फुटेको, कर्मै यस्तै छ....
ढुङ्गे बगरमा सधै, लतारिनु पर्छ ।।
((बढाई चढाई बुट्टा भरेर, सुनायो कि कसैले.......................))