एउटै व्यक्तिले पनि किन धेरैसँग प्रेम सम्बन्ध राख्न चाहान्छ होला ?

लेखक : महेश भुसाल

प्रेममा आफुले सकेजती प्रेमी अथवा प्रेमीका बनाउने चलन छ, आफ्ना विभिन्न पावरहरु :– सम्पतीको पावर, वलको पावर, रुपको पावर यस्तै यस्तै पावरको साहारामा एउटै व्यक्तिले धेरैसँग सम्बन्ध राखिरहेको हुन्छ, प्रेमलाई समाजले कुन रुपमा लिनुपर्ने हो, प्रेमको सिमा कतिसम्म छ, त्यसको पनि कुनै लेखाजोखा छैन, एउटा छोराले आफ्नी आमाबाट पाएको मातृप्रेम र त्यो छोराले कसैकी तरुनी छोरीबाट पाएको प्रेममा धेरै फरक छ । याद गर्नुस है, प्रेमको नाममा दोवाटो कुरेर आफ्नो अमूल्य समय बर्बाद गरिरहेका युवायुवतीले प्रेमलाई कुन रुपमा लिइरहेका छने – बाख्राका बड्कौला या अरु कुनै । यहाँनिर उदाहरण गहिरो आयो, जसरी बाख्राका बड्कौलाहरु गनेर सकिदैनन् त्यसरी नै कुनै व्यक्तिका सम्बन्धहरु गन्न हम्मे हम्मे पर्छ हामीलाई । मैले यतीका बर्ष अनुसन्धान गरेर पत्ता लगाएको एउटा कुरा के हो भने, कुनै व्यक्तिसँग सम्बन्ध चलिरहँदा दुई मध्ये एउटा व्यक्ति यती चनाखो भइदिन्छ कि त्यसको साथ साथै अर्को आफुलाई माया गर्ने व्यक्ति खोजीरहेको हुन्छ, यसरी अर्को व्यक्ति खोज्नुको तात्पर्य के हो भने आफुले अहिले गरिरहेको प्रेममा सन्तुष्टी हुदैन दुई मध्ये एउटा व्यक्ति ध्यान दिनुस है, धेरै दिन होइन मात्र १ दिन झगडा भइदिनु पर्छ प्रेममा, त्यो दिन नै त्यो प्रेमको इतिहास बदलिन्छ, त्यही दिन देखी नै दुई मध्ये एउटा प्रेमी उ सँग झर्केर बोल्ने, रिसाउने, प्रत्येक दिन फोन तथा मिस्कल गरिरहने व्यक्ति कयौ दिनसम्म सम्पर्क विहिन हुने जस्ता लक्षणहरु भेटिन्छन् । यस्तो हुनुको वलियो तथ्य के हो भने त्यो १ दिनको झगडाले गर्दा कुनै एउटा पक्षले अर्को नयाँ सम्बन्धसँग सम्पर्क गरिरहेको हुन सक्छ । फेसबुकमा होस, फोनमा होस, या भेटेरै होस् त्यो व्यक्ति आफुसँग मिल्ने अर्को कुनै व्यक्तिसँग विस्तारै विस्तारै नजिकिदै गइरहेको हुन्छ, ल हेर्नुस त मात्र १ दिनको झगडाले प्रेममा के के हुँदो रैछ, यो मान्छेको मन यति खतरनाक हो, एकपटक कसैले त्यसलाई दुखायो भने जिन्दगीभर त्यो दुखाउने मान्छेको शत्रु हुन्छ उ, र ढिलो चाडो एक न एक दिन त्यससँग बदला लिएरै छोड्छ ।

प्रेमी प्रेमीकाले बोल्ने एउटा डाइलग छ ‘‘म सास विना एकछिन बाँच्न सक्छु, तर तिमी विना एकछिन पनि वाँच्न सक्दिन’’ यो डाइलग कतिको सत्य छ भनेर एकदिन अनुसन्धानमा लागेँ म, खोज्दै जाँदा मैले माथी भनेकै डाइलग बोल्ने एउटा मान्छे बल्ल तल्ल भेट्टाएँ र बुझ्दै जाँदा ‘तिमी विना एकछिन पनि बाँच्न सक्दिन’ भन्नुको तात्पर्य के रैछ भने, उनीहरुको प्रेम सम्बन्ध चलीरहँदा, त्यो प्रेममा रहेको केटाले कुनै अर्को केटीलाई प्रेम गर्न थालेछ, यसरी उसले दुईवटा प्रेमीका बनाएछ, तर संयोगवस नै के भइदिएछ भने उसले प्रेम गरेका दुवै प्रेमीका एकअर्काका मिल्ने साथी रहेछन्, यति हुदाँ हुदै पनि ति दुबैलाई अझै थाहा रैनछ कि हामी दुबैले एउटै मान्छेलाई प्रेम गरिरहेका छौ भन्ने ।
समय वित्दै गयो, केही समय पछि केटालाई थाहा भयो, मैले प्रेम गरका दुबै प्रेमीकाहरु एकअर्काका मिल्ने साथी हुन भन्ने कुरा, तव केटाले आफ्नो पहिलो प्रेमीकालाई माथीकै डाइलग ‘म सासा विना बाँच्न सक्छु तर तिमी विना बाँच्न सक्दिन’ भनेर भन्दो रैछ । किनभने आफ्नो दोस्रो पे्रमको बारेमा पोल खोलियो भने, उसले जवरजस्ती प्रेम गरेकी हो बास्तममा म तिमी सँगै प्रेम गर्छु भन्ने बलियो प्रमाण दिन उसले यसो गरेको रहेछ ।
मैले धरै पहिलेको शृङ्खलामा भनेको थिएँ प्रेम भनेको गाडीको Extra पाङ्ग्रो जस्तै हो, जसरी गाडीले साथमा एउटा Extra पाङग्रो लिएर हिडीरहेको हुन्छ, किनभने विच बाटोमा गुडीरहेको पाङ्गोले काम गर्न सकेन भने तुरुन्त अर्को Extra पाङ्गो प्रयोग गरिन्छ, विलुकल त्यस्तै हो प्रेम । सम्बन्ध चलिरहदाँ सँगै अर्को सम्बन्ध पनि सँगै लिएर हिडीरहेको हुन्छ एउटा प्रेमी । यसको एउटै कारण जुनसुकै बेलमा कुनै एउटा सम्बन्धमा मनमुटाव आयो, सम्बन्ध टुङ्गीयो भने पनि अर्को सम्बन्धले त्यस घाउमा मलम लगाउन सकोस, बस् यत्ति हो सायद त्यसैले होला । महिला मित्रले के गर्छन् त्यो त मलाई थाहा छैन, तर पुरुष मित्रहरुले भने एउटा सँग सम्बन्ध चलिरहदा कुनै अर्को मान्छे जिन्दगीमा आयो भने अरुलाई नाइ भनेर भन्दैनन्, अझ भन्नुपर्दा एउटासँग प्रेममा रहिरहदाँ पनि चोक चोकमा राम्रा अनुहार भएका मान्छेहरु खोज्न दौडीरहेका हुन्छन् ।
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter