मर्म स्पर्शी ‘समय’ को कथा

लेखक – महेश भुसाल

लौ एउटा जिन्दगीको, कथा सुनाउँछु ।
भित्र भित्रै खरानी भएका, व्यथा सुनाउँछु ।।
तँपाई भन्नुहोला, काल्पनीक नाटक हो यो....
भएजति सबै, जायजेथा सुनाउँछु ।।

(सपना खरानी भए, बर्सेर सावन गए..................................)

एकादेशमा एउटा बुढा मान्छे थिए, आफ्नै जिन्दगी देखी हरेस खाएका मान्छे । उनको बास्तविक नाम ‘समय’ हो रे, समयसँगै हिडाउनको लागी उनका बाबु आमाले जन्मसँगै उनको नाम समय राखिदिएका थिए रे, तर आजभोली गाउँमा कसैले पनि उनलाई उनको बास्तविक नामले बोलाउँदैनन् बरु बुढा बाजे भन्दै साह्रै दुख दिन्छन्, कतै साइत गरेर जान लागेकाहरु उनलाई देखे भने भन्थे, थुक्क आजपनि साहित बिग्रियो, ए बुढा तँलाई कति भन्नु यो बाटो नहिड भनेर, आइन्दा हिडिस भने जिन्दगीभर हिड्न नसक्ने बनाइदिन्छु भन्दै धम्कीहरु दिन्छन् । जिन्दगी देखी नै आश मारिसकेका बाजे कता हो कता गहँका आँशुहरु भित्रै थाम्न खोज्थे अनी नबोली नबोली आफ्नो बाटो लाग्थे, जंगलको छाप्रोमा एउटा सानो बुकुरो, त्यही माथी एक्लो जिन्दगी, सधैजस्तै गाउँभरी डुलेर जम्मा गरेर ल्याएको एउटा सानो पोको पुन्तुरो भुइमा टुसुक्क बसेर फुकाउन थाले, फुकाउँदै जाँदा आफ्नै जिन्दगी फुकाएजस्तै जवानीका ति दिनहरु झलझली सम्झन थाले ।
समय एउटा गरिव खानदानको मान्छे, घरमा कुखुरा पाली पाली कक्षा १० सम्म पढेको उ बल्ल तल्ल SLC परिक्षा दियो, गरिब खानदानको भएर होला उसले खुव मेहेनेत गरेर पढ्थ्यो, परिणाम SLC परिक्षामा प्रथम श्रेणीमा पास भयो, गाउँमा सबैको भन्दा राम्रो नतिजा उसको आएपछि बाबु आमाले रिण खोजेर भएपनि समयलाई शहरमा पढाउने निर्णय गरे । डल्ले साहु सँग घर र बारी धितो राखी केही पैसा रिण लिएर ‘समय’ लाई शहरको एउटा महङ्गो कलेजमा भर्ना गरिदिए । समय शहर जाने दिन आयो, शहर जाने दिन समयकी आमाले भनिथिन उसलाई ‘‘तेरो नाम समय हामीले यस कारण राखेथ्यौ तैले समयलाई जित्नेछस एकदिन, कैले हरेस नखानु हाम्रो सपना साकार गर्नु’’ भन्दै बिदाई गरे । समयपनि ठूलो मान्छे बन्ने आशाले झोला बोकेर आफ्नो गाउँ छोड्यो ।
गाडिको एक दिनको यात्रा पछि उ शहर आइपुग्यो, काठमाण्डौ शहर । जुन अस्तव्यस्त थियो, मान्छेहरुको भिडमा मान्छे हराएजस्तै, बाबु आमाको सपनालाई सम्झीएर निक्कै मेहेनेतका साथ राम्रो सँग पढ्ने अठोट थियो उसको । समय बित्दै गयो, अनी गाउँबाट आएको समयको दिनचर्या पनि, भित्ताको घडिले पनि दुई जोर नयाँ ब्याट्रि सकिसक्यो, आज समय फेरिसक्यो अनी उसको व्यवहार पनि गुड छोडेर हिडेको पंछि फर्केर आयो तर समय काठमाण्डौ शहरसँगै हरायो, हो काठमाण्डौ शहरसँगै हरायो...
सोच्दैछन् बाबु आमा, छोरो फर्किएर आउँछ ।
थाहा छैन अझै कति, पर्खिएर आउँछ ।।
एउटा पंछीले गुँड सम्झीन्छ, यो मान्छे के भएको...
भक्कानिन्छ मुटु, आँशु दर्किएर आउँछ ।।

(संसार डुल्न उडेका चरा ती, घुमेर आइ बसे बास राती......................)

हिजो जस्तो छैन आज समय, उसका थुप्रै साथी भएका छन् – केटा साथी अनी केटी साथी पनि । समयको एउटा मिल्ने साथी छ ‘मनोज’ निक्कै धनी खानदानको मान्छे । उसले सधै भन्ने गर्छ, पढेर के हुन्छ पैसा कमाउन त धन्दा गर्नुपर्छ, चिन्ता नगर म छु नि, गाउँबाट आएको सोझो मान्छे के बोल्थ्यो र टाउको हल्लायो, किनकी उसलाई जसरी पनि पैसा कमाउनु छ, गाउँमा डल्ले साहुको रिण तिर्नको लागी अनी आफ्ना बाबु आमाको सपना साकार गर्नको लागी, तर बाघहरुको माझमा स्याल के चोखो रहन्थ्यो र । पैसा कमाउने बाहानामा उसले आफ्नै बुढा बाबुआमाको सपनालाई चटक्कै बिर्सियो, पैसाको खेती गर्दा गर्दा उसले पैसा नै सबथोक देख्न थाल्यो, यही पैसाकै कारण कति विकृतीहरु भित्रिए, कति मान्छेहरु मरे, कति बौलाए, अनी कती कतीले चाँही सरबस्व गुमाए, त्यस्तै भयो समयको जिवन पनि पैसाकै कारण उसले आफ्नो साथी मनोजको हत्या गरि २० बर्ष जेलमा बितायो, जव पैसाको भुत उत्रियो तव परिस्थितीले हत्यारा बनाएको त्यो शहरलाई छोडेर उ आफ्नो गाउँमा पुग्यो, जुन गाउँबाट ठूलो मान्छे बन्ने सपना बोकेर उ शहर पसेको थियो ।
पहिले जस्तो थिएन उसको गाउँ, निक्कै सुनसान थियो, बाटोमा भेटिएका फ्वाट्ट फुट्ट मान्छेहरुले पनि उसलाई चिन्दैनथे, बाटोभरी गाउँ उराठिलो मान्दै उ आफ्नो घरमा पुग्यो, गाउँ जस्तै उसको घरपनि सुनसान थियो, ढोकामा ठूलो भोटे ताल्चा झुन्डीएको थियो, कोही छ कि भन्दै उसले यताउता हेर्यो, र अली पर एउटी बजैलाई देख्यो र सरासर उनी भएतिरै गयो, बजैले नौलो व्यक्तिमा आँखा पुर्याइन्, समयले ति बजैलाई पहिलो पटक त्यहाँ देखेको थियो, उसले बजैलाई सोध्यो, आवै यो घरमा मान्छे कहाँ गएका ? यो प्रश्नले बुढि आमैलाई साह्रै झस्कायो, उनी एक्कासी लग लग काम्न थालिन् आजसम्म त्यो घरको बारेमा कसैले पनि सोधेको थिएन, बुढिले काम्दै काम्दै जवाफ दिइन ‘‘त्यो घरमा जानुहुन्न त्यहाँ त भुत बस्छ, निक्कै पहिले एकजना डल्ले साहुको पैसा यो घरले रिण लिएका थिए रे – छोरो पढाउनको लागी, जब ठुलो सपना देखेर छोरालाई शहरमा पढ्न पठाए तर शहर पढ्न गएको छोरो कैलै फर्केर आएन, यता डल्ले साहुले बुढा बुढिलाई सताइरहन्थ्यो, एकदिनको कुरा हो उसले दुबै जना बुढाबुढिलाई घरभित्र थुनेर ढोकामा ठुलो ताल्चा लगाएर हिड्यो, थाहा छैन ति बुढाबुढी घरभित्र मरिसकेकी जिउँदै छन्, केही थाहा छैन बाबु, त्यो घरमा जान सबै डराउँछन्, त्यो घरमा गएर कसैले पनि त्यो ताल्चा खोल्न सक्दैन......’’
हे भगवान यो कस्तो, बिहान भएछ ।
आफ्नो घर आज एउटा, चिहान भएछ ।।
बुढि सुनाउँदै थिइन, उसले सोच्दै थियो...
लौ न बाबु आमाको एउटै, सिरान भएछ ।।

(यो बाटो बिरानो बस्ती शहरमा, कहाँ कति दिन खोजी रहुलाँ.................)
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter