दुबैको सम्झौतामा गाँसीएर टुङ्गीएको प्रेम भन्दा, एकोहोरो प्रेम किन भुल्न गाह्रो हुन्छ होला ?

मैले कक्षा १२ को अर्थशास्त्रमा पढेको थिएँ परिबर्तनशिल अनुपातको नियममा, सिमान्त उत्पादन (MP) सुरुमा बढ्दै जान्थ्यो र निश्चित बिन्दुमा पुगपछि क्रमश घट्दै जान्थ्यो, यसरी घट्दै जाँदा सुरुवातको बिन्दु भन्दा पनि अझै घट्दै गई ऋणात्मक अबस्थासम्म पुग्थ्यो, हो यस्तै हो एकोहोरो प्रेम पनि, प्रेम नगर्दासम्म हामी जुन स्थानमा रहन्छौँ क्रमश आर्कषणले हामीलाई उच्च स्थानमा पुर्याउँछ, जब हामी उच्च बिन्दुमा पुग्छौँ तव हामीलाई एकोहोरो प्रेम गरिरहेको समेत हेक्का हुदैन, उसको अर्कै सँग सम्बन्ध सुरु हुन थाल्छ अनि त अर्थशास्त्रको सिमान्त उत्पादन जस्तो भइदिन्छ प्रेम, हामी पहिलै प्रेम नगर्दा जुन स्थानमा थियौँ, त्यो स्थानभन्दा पनि अझै तल गिराएर ऋणात्मक बनाइदिन्छ हामीलाई, बोलाउँ भने कुनै साइनो नभएको, नबोलाउँ त उ बिना बाँच्नै नसक्ने, हो यतिबेला हो क्यारे सागरबिचमा, दुई डुङ्गामा दुई खुट्टा राखेजस्तो भान हुने ।

दोहोरो प्रेम दुबैले बिर्सिन्छन् यदि उनीहरु चाहान्छन् भने किनकी दोहोरो प्रेममा प्रतिस्पर्धाले अधिकार जमाएको हुन्छ, उसले मलाई बिर्सिन्छ भने मैले पनि उसलाई बिर्सिन सक्छु भन्ने आँट हुन्छ दुबैमा, तर एकोहोरो प्रेममा त के हुन्थ्यो र त्यस्तो, जनतन नजरले प्रेम गर्छ, बल्ल तल्ल बोलाउँछ अनी कष्ठप्रत तरिकाले परिचय गर्छ, उसले यसैलाई प्रेम सम्झन्छ । आफुलाई मन परेको मान्छे अन्तै सम्बन्ध जोडेर गइसक्दा पनि उसले प्रेम गरिरहन्छ– उसले प्रेम गरिरहन्छ । प्रेमीहरु भन्छन् मान्छेको पहिलो प्रेम अमर हुन्छ, तर मलाई त्यो लाग्दैन, मेरो बिचारमा त आजभोली धेरैलाई बौलाह बनाएको त्यो एकोहोरो प्रेम अमर हुन्छ, जसमा कुनै स्वार्थको भाइरस हुदैन, किनकी आफुले निक्कै अघि कलेज जिवनमा एकोहोरो मन पराएको त्यही मान्छे, कयौँ बर्ष पछि अर्कैको भइसकेपछि पनि, त्यो प्रेम जस्ताको तस्तै रहिरहन्छ, उसलाई एकदिन मैले आफ्नो बनाउँछु भन्ने आश त नरहला तर बर्षौ अघिको एकोहोरो प्रेम भने कहिलै मर्दैन ।
मन परे Share तथा Comment गर्नुहोस :
Comment
LIVE:

BBC Nepali Sewa

Follow me On Twitter

Nametine Yad Facebook Page

Listen Nametine Yad Episode 100

Listen Nametine Yad Last Episode

Date Conveter


Powered by © nepali date converter