हेर्दा ५ बर्षको बालक जस्तो तर दारी जुगा कपाल फुलेर शारिरिक रुपमा बृद्ध भैसकेका छन । तौल करिब १२ किलो भन्दा बढि नभएका शारिरिक अपांग कृष्ण प्रसाद पौडेल भगबती निम्न माध्यमिक बिद्यालय ठुला पोखराका शिक्षक हुन ।
तर उनलाइ गाविस भरिनै गुरु भनेर चिन्ने गर्दछन । खुट्टाले टेक्न नसक्ने । बस्न पनि पुर्ण रुपमा नसक्ने हुदा बिद्यालय देखि करिब ५० मिटरको दुरीमा रहेको उनको घरबाट उनलाइ बिद्यार्थीहरुले बोकेर बिद्यालय पुराइ कुर्चीमा राख्दछन, र बेलुका ४ बजे पनि बिद्यार्थीहरुलेनै घरमा लगेर बिस्तारामा सुताइदिन्छन ।
२०११ सालमा जन्मीएका पौडेलले २०२२ सालमा सस्कृत बिषयमा कक्षा ५ उत्तिर्ण गरेका थिए । त्यति बेला सम्म उनी सपांगनै थिए । त्यस पछि नसा सम्बन्धि रोगले समाएर शारिरक बनाबटमा कुजा बन्दै गए । उनले त्यो समय सम्म आफ्नो अपांगको महसुस पनि गरेनन । २०२८ सालमा ठुलापोखरा गाविसको रोटेपानीको खुल्लाचौरमा गाँउका बालबालिकालाइ पढाउन सुरु गरे ।
उनले गाँउलेहरुको सहयोग लिइ आफ्नो प्रयासमा २०४० सालमा भगबती निम्न माध्यमिक बिद्यालय स्विकृत गराए । सुरु सुरुमा पढाएबापत अभिभाबकहरुले मानापाथी अन्न जम्मा गरि दने गर्दथे भने १७ बर्ष पछि २०४५ सालमा उनको तलब रु ५सय मासिक तोकियो तर हालभने उनको मासिक तलब अहिले ३००० रुपैया पुगेको छ ।
उनी अहिले आफुले कमाएको तलब बाट सन्तुस्ट त छैनन । तर आफुले पढाएका बिद्यार्थीहरु डाक्टर, इन्जिनीयर, हाकिम, शिक्षक , कर्मचारी हुनुका साथै आफु प्रति गाँउलेहरुले गरेको सहानुभुति प्रति सन्तुस्ट छन ।
उनका नाममा पुर्ब बिद्यार्थीहरुले कृष्ण प्रसाद पौडेल अक्षय कोष स्थापना गर्दिएको र पञ्चेबाजा सहित दोसल्ला ओढाएर सम्मान गरेको उनको जीबनमा सबै भन्दा खुसीको दिन भएको बताउन्छन । बिद्यालयको अतिरिक्त कक्षा १ देखि ५ सम्मको बिद्यार्थीहरुलाइ घरमा ट्युसन पनि पढाउने गर्दछन । बिद्यालयमा पाएको तलबले घरखर्च चलाउन अप्ठ्यारो भएको बताउन्छन । आफुजस्ता अपांग शिक्षकलाइ सरकारले केहि गर्छकि भन्ने कुरामा उनी आशावादी छन ,तर उनलाइ सरकारले यति धेरै बर्ष सम्मपनी कुनै वास्ता गरेको छैन ।